शनिबार, बैशाख ८, २०८१

एमालेका नेताहरु महाधिवेशन प्रतिनिधिहरुको गुटगत भेलाको आयोजना गर्दै

नवौँ राष्ट्रिय महाधिवेशन :

एमालेको महाधिवेशन सचिवालय आईतवारदेखि राजधानीको भृकुटीमण्डपमा

काठमाडौं आषाढ १४, नेकपा एमालेको आसन्न नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले नवौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको बेग्लाबेग्लै भेला गराई सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन् ।

UML_Logo_9_th_Congressयसैक्रममा वरिष्ठ नेता नेपालले आज दिउँसो ३ बजे बुद्धनगरमा आफ्ना पक्षका प्रतिनिधिलाई आमन्त्रण गर्नुभएको छ भने नेता ओलीले आइतवार मदन भण्डारी मेमोरियल फाउन्डेसनले आयोजना गर्ने ‘नवौँं महाधिवेशन र नेतृत्व हस्तान्तरण’ विषयक विचार गोष्ठीमा प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय बुझिएको छ ।

यसैबीच एमालेले महाधिवेशनका लागि आईतवारदेखि राजधानीको भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ । आजसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएकोमा महाधिवेशन नजिक आइसकेकाले महाधिवेशनको सहजता र व्यवस्थापनका लागि सचिवालय स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । अहिलेसम्म केही जिल्ला बाहेक अधिकांशबाट प्रतिनिधिको नामावली आइसकेको छ । ती प्रतिनिधिले विभिन्न पदमा उम्मेदवारी दिनका अनलाइनबाटै फाराम भर्न सक्ने व्यवस्था समेत मिलाइएको एमालेले जनाएको छ ।