बुधबार, बैशाख १२, २०८१

उप निर्वाचन भएको जिल्लामा काँग्रेस र एमालेकै वर्चश्व,काठमाडौं -२ कांग्रेस अग्रस्थानमा

काठमाडौं आाषाढ ९, संविधानसभा सदस्यका  लागि  आइतबार सम्पन्न भएको ४ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचन मध्ये ३ वटा क्षेत्रको पछिल्लो  परिणाम nc & umlसार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम मध्ये चितवन-४ र कैलाली-६ मा कांग्रेसले तथा बर्दिया-१ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने काठमाडौं-२ मा मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

चितवन४ मा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे २० हजार तीनसय १८ मतसहित विजयी भएका छन् । त्यस्तै  कैलाली क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा ले १४ हजार ७ सय ८४ मत सहित विजयी भएका छन् ।
त्यसैगरी, बर्दिया १ मा १६ हजार ६ सय ९६ मत सहित एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएको आयोगले जनाएको छ ।
काठमाडौं  -२ को मतपरिणाम आउन बाँकी छ । यो समाचार तयार पार्दा सम्म् काठमाडौंमा कांग्रेस उम्मेदवार दीपक कुइकेल अघि छन् । पछिल्लो मतगणना परिणाम अनुसार कुइकेलले ९,४८८, एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ६,७२६ र एमाओवादी उम्मेदवार लिलामणि पोखरेलले २,५२४ मत पाएका छन् ।