बिहिबार, बैशाख १३, २०८१

उप-निर्वाचनका दिन काठमाडौं, चितवन, बर्दिया र कैलाली जिल्लामा सार्वजनिक बिदा

काठमाडौं आषाढ ५, संविधानसभा सदस्य उप निर्वाचन हुने दिन अर्थाथ आषाढ ८ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी आषाढ ८ गते आइतबार काठमाडौं, चितवन, बर्दिया र कैलाली जिल्लाका सरकारी, अर्धसरकारी र home ministry_20140512091923सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै गृहले काठमाडौं, चितवन, बर्दिया र कैलाली जिल्लाका उपनिर्वाचन हुने क्षेत्रका सामूदायिक एवं संस्थागत विद्यालयहरुमा भने ६, ७ र ८ गते बिदा दिने जनाएको छ । यसैगरी उपनिर्वाचनको मतदान केन्द्र कायम रहेका गाविस भवन, नगरपालिका, वडा र अन्य सरकारी कार्यालयहरुमा पनि असार ६, ७ र ८ गते बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार नै सूचना प्रकाशित गरी असार ६, ७ र ८ गते काठमाडौं क्षेत्र नं. २ मा मदिराजन्य वस्तुको उत्पादन, ओसार पसार, बेचविखन र सेवा निषेध गर्ने जनाएको छ ।   बिहीबार रातिदेखि नै सुरु हुने मौन अवधिमा वैद्य हातहरियार ओसारपसार गर्न पनि रोक लगाइएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौं क्षेत्र नं. २ मा बिना अनुमतिका सवारी सञ्चालनमा रोक लगाइएको छ । हवाई यात्रुलाई भने टिकट र अनुमतिपत्रका आधारमा छुट दिइएको छ ।