शनिबार, बैशाख ८, २०८१

आज विविध कार्यक्रम सहित ११ औं राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं आषाढ १५, विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज विशेष कार्यक्रमका साथ asar15मनाईदै छ । ११ औं राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेदि नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो  ।

धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान दिवसको अवसरमा अहिले बिहानै कार्यक्रम हुँदैछ भने ललितपुरको लेलेमा धान रोपाईं विशेष कार्यक्रम गरिंदैछ । असार १५ लाई धान महोत्सवका रुपमा पनि मनाइने गरिन्छ ।
त्यस्तै आजैका दिन दही चिउरा खाने प्रचलन पनि रहि आएको छ ।