मङ्लबार, बैशाख ११, २०८१

आज मध्यरातीदेखि विश्वकप फुटबलको महासङग्राम सुरु हुदै

 काठमाडौं ज्येष्ठ २९, आज मध्यरातीदेखि विश्वकप फुटबलको महासङग्राम सुरु हुदैछ । नेपाली समय अनुसार ब्राजिलको साओपाउलो खेल मैदानमा मध्यराती १ ४५ बजे सुरु हुने उद्घाटनसत्रको पहिलो खेल आयोजक राष्ट्र एवम् फिफा वरियता क्रम अनुसार तेस्रो स्थानमा रहेको ब्राजिल र १८औ स्थानमा brazil-2014-world-cup-logo-03
रहेको क्रोएसियावीच हुनेछ । यसपटक ब्राजिल, अर्जेन्टिना र जर्मनीलाई उपाधिको दाबेदार मानिएको छ ।

विश्वकप फुटबल महासङग्राम २०औ संस्करणको यसपटकविश्वकप ३२ वटा देशको सहभागितामा कुल ६४ वटा खेल हुनेछ । ब्राजिलको विभिन्न १२ वटा सहरमा असार ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले तीन करोड ५० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ भने दोस्रो हुनेले दुई करोड ५० लाख, तेस्रो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउने छ ।

यसैवीच राजधानीको सुन्धारास्थित चाइना टाउन सपिङ कम्प्‍लेक्समा आफूले समर्थन गरेको राष्ट्रको जर्सी छान्‍न फेटवल प्रेमीहरुलाइ भ्याइ नभ्याइ भएको बताइएके छ। विश्‍वकप नजिकिँदा बजारमा यस्ता जर्सीको माग झयाप्पै बढेको छ।