बिहिबार, चैत्र १५, २०८०

आज अपरान्ह सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

नीति तथा कार्यक्रम अनुमोदनार्थ मन्त्रीपरिषदको बैठक

काठमाडौं आषाढ १५, प्रधानमन्त्री सुशील कोइराला उपचारका क्रममा अमेरिकामा रहनु भएकाले नेपाल सरकारका कावा प्रम वामदेव गौतमको timthumb_20140318अध्यक्षतामा बस्ने मन्त्रीपरिषदको बैठकले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अनुमोदन गदै उक्त कार्यक्रम आज बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गर्ने भएको छ । उक्त कार्यक्रम राष्ट्रपति डा रामवरण यादवले प्रस्तुत गर्नेहुने भएको छ । त्यसका लागि संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे संसदको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम संसदले पारित गरेपछि त्यसैको आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । नीति तथा कार्यक्रममा सरकारले कृषिको आधुनिकीकरण, उर्जा संकट समाधान, बेरोजगारी हटाउन केन्द्रीत हुने गरी नीति तथा कार्यक्रम आउने यसअघि नै बताइ सकेको छ । संसदमा राष्ट्रपतिबाट हुने विशेष सम्बोधनलाई मध्यनजर गर्दै आज सभासद्हरुलाई औपचारिक पोशाकमा ३ बजे अघि नै उपस्थित भइसक्न निर्देशन दिइएको छ ।
दोस्रो संविधानसभा गठन भएपछि राष्ट्रपति डा यादवको यो पहिलो सम्बोधन हुनेछ । उहाँको विशेष सम्बोधन समारोहमा विभिन्न कुटनीतिक नियोगका प्रमुख, विभिन्न क्षेत्रका उच्च अधिकारी तथा विशिष्ट पाहुनाहरुलाई निमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ ।