बिहिबार, बैशाख १३, २०८१

अदालतको आदेश पछि अवरुद्ध एआईजी बढुवाको मार्ग प्रसस्त

काठमाडौं अषाढ ३, पुनरावेदन अदालतले ललितपुरले डीआईजी पर्शुराम खत्रीले दायर गरेको बढूवा कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम punaravedan-adalat laitpur आदेश खारेज गरेको छ । बढूवा सिफारिसमा नपरेको भन्दै डीआईजी खत्रीले दायर गरेको रिटमा  ज्येष्ठ २६ मा   न्यायाधीश रामेश्वरमान अमात्यको एकल इजलासले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा बढुवा समितिको सिफारिस निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको थियो ।

   तर पुनरावेदनका न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै बढुवा सिफारिस भएका सातजना डिआइजीका लगि मार्ग प्रसस्त गरिदिएका छन ।

यस अघि बढूवा कार्यान्वयन नगर्न अदालतले दिएको आदेशविरुद्ध सातजना डिआइजी क्रमस राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदले दिएको भ्याकेट निवेदनका आधारमा अदालतले उक्त आदेश खारेज गर्दै बढुवा समितिको सिफारिसविरुद्ध पुनरावलोकन समितिमा दिएको निवेदनको सुनुवाइ हुन बाँकी रहेको र अन्तरिम आदेश जारी नगर्दा अपुरणीय क्षति हुन नदेखिएको भन्दै इजलासले सुविधा र सन्तुलनको दृष्टिले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो ।