शुक्रबार, बैशाख ७, २०८१

अख्तियारको छानविनमा परेपछि मालपोतका नासु पोखरेलले गरे आत्माहत्या

काठमाडौं अषाढ २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा छानविनको दायरमा तानेपछि मालपोत कार्यालयका एक कर्मचारीले सात तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् ।  मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत नायवसुव्वा शिवप्रसाद पोखरेलले DSC_0507आइतबार बिहान हामफालेर आत्महत्या गरेको समाचार आजको आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ।

आयोग क्षेत्रिय कार्यालय धनकुटाले जग्गाको हिनामिनासम्बन्धी अनुसन्धानका लागि पोखरेललाई शुक्रबार मात्र पत्र काटेको त्यही विषयलाई लिएर उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको समाचारमा जनाइएको छ।  मध्यपुर ठिमी नगरपालिका १५ मा डेरा गरी बस्ने पोखरेलले सोही घरको छतबाट हामफालेर आत्महत्या गरेका हुन् । घटनास्थलबाट सुसाइड नोट र अख्तियारले काटेको पत्रसमेत फेला परेको महानगरिय प्रहरी बृत ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए । सुसाइड नोटमा उनले आफु फसेको कुरा उल्लेख गरेका छन् ।

सुसाइड नोटबारे परिक्षण हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालपोतको अनुसन्धानमा आफु फस्ने भएपछि उनले आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ । झापा घर भइ ठिमिमा डेरा गरी बस्ने ५४ वर्षिय पोखरेल पहिला पुर्वाञ्चल क्षेत्रको नापी कार्यालयमा कार्यरत थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031