काठमाडौं ज्येष्ठ ३१, सरकारले सूर्तिजन्य पदार्थमा अनिवार्यरुपमा क्यान्सर रोगको फोटो प्रकाशन गरेर बिक्री गर्नुपर्ने नियमलाई कडाईका साथ लागू गर्दै सोको अनुगमनमा पनि तिब्रता दिन थाले पछि अहिले सूर्ती, पानपराग, पराग, गुट्खा खानेको सङ्ख्या राजधानी लगायत मोफसलमा समेत ह्वात्तै घटेको छ । बजारमा सर्वत्र पाइने सूर्तिजन्य पदार्थको प्याकेटमा खोलमा गलामा क्यान्सर भएको र मुटुको क्यान्सर भएको तस्विर आउन थालेपछि यसको प्रयोगकर्ता घटेको हो । सूर्तिजन्य पदार्थको प्याकेटमा क्यान्सर रोगको तस्विर अङ्कित भएपछि पछिल्लो समययता गुट्खा खैनी तथा चुरोको बिक्री समेत प्रभावित भएको सम्बद्ध व्यापारीहरुलाइ उदत गर्दै विभिन्न छापामाध्यममा प्रकाशित समाचारहरुमा उल्लेख गरिएको छ ।