मङ्लबार, जेष्ठ २३, २०८०

सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण राख्ने सङ्घीय प्रणाली स्थापनामा सभासद्हरुको जोड

  काठमाडौँ ज्येष्ठ २२, मुलुकले धान्ने र सबैले मान्ने सङ्घीय प्रणालीको स्थापना गर्नुपर्नेमा सभासद्हरूले जोड दिनुभएको छ । संविधानसभाको आजको बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सोसम्बन्धी पुरक प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै अधिकांश सभासद्हरूले मुलुकको सार्वभौमसत्ता र bicc 1 (1)अखण्डतालाई अक्षुण राख्ने खालको सङ्घीय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सङ्घीय प्रणाली मुलुकलाई बलियो र दिगो बनाउन आवश्यक रहेको भन्दै सभासद्हरूले तर यसको अर्थ विभिन्न राज्यमा विभक्त गरेर राष्ट्रिय पहिचान कमजोर बनाउने भन्ने नरहेको तर्क गर्नुभयो । राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र सामाजिक सद्भावलाई कायम राखी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि सबैको सहमतिमा प्रदेशहरू निर्माण गर्नुपर्ने उहाँहरूको धारणा छ ।

आर्थिकरुपमा सबल र सक्षम बनाउने तथा सबैले अपनत्व महसुस गर्ने गरी मुलुकको मौलिकताका आधारमा मात्रै सङ्घीय प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिँदै सभासद्हरुले एकल जातीय राज्यले विवाद र विग्रह निम्त्याउने तर्क गर्नुभएको थियो । यस्तै अन्य केही सभासद्हरूले भने पहिचानको कुरा गर्दा जातिवादीको आरोप लगाउन नहुने तथा आन्तरिक राष्ट्रियताको सुदृढीकरणका लागि मात्रै जातीय पहिचानको कुरा उठाइएको बताउनुभएको थियो । विभिन्न आन्दोलन र जनयुद्धको भावनाअनुसार जनतालाई वास्तविकरुपमा अधिकार सम्पन्न बनाउन पहिचान र सार्मथ्यसहितको सङ्घीयता आवश्यक रहेको उहाँहरूको भनाइ थियो । यस्तै सभासद्हरूले बढीमा सात प्रदेश मात्र मुलुकको लागि गाह्य र आर्थिक तथा सामाजिक र सांस्कृतिक रुपमा सबल हुने तर्क समेत गर्नुभएको थियो ।

यसरी धारणा राख्नेहरूमा सभासद्हरू डिलमान पाख्रिन, टेकबहादुर बस्नेत, जीतबहादुर दर्जी गौतम, रामचन्द्र साह तेली, सुरेन्द्रराज आचार्य, विराज विष्ट, दुर्गा पौडेल, दिनेश यादव, टुकाभद्रा हमाल, मन्जुकुमारी चौधरी, मोहन टुडु, रविन कोइराला, दिपनारायण साह, भीमसेनदास प्रधान, सकुन्तला राजभण्डारी कार्की, विनोद श्रेष्ठ, रेवतीरमण भण्डारी, रामेश्वरप्रसाद ढुङ्गेल, श्रीप्रसाद जगेबु, योगेन्द्र चोधरी, आशा कोइराला, शारदाकुमारी विक, डोरप्रसाद उपाध्याय, शान्ता मानवी, गोमा कुँवर, हरिप्रसाद नेपाल, शङ्करप्रसाद चौधरी ,श्यामकुमार श्रेष्ठ, पार्वता डिसी चौधरी, गौरीशङ्कर चौधरी, धन पहरी, कर्ण विक, दुलारी हरिजन कमला दोङ ,शैलकुमारी देवी, सिता नेपाली ,काशी सिद्धिकी, ललिताकुमारी रेग्मी, रुपा मर्हजनलगायत हुनुहुन्छ । संविधानसभाको अर्को बैठक शुक्रबार बिहान ११.०० बजे बस्नेछ । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031