मङ्लबार, अशोज १६, २०८०

सञ्चारमन्त्री रिजाललाई पत्रकार महासङघ काठमाडौंको सात बुँदे ज्ञापन

काठमाडौं ज्येष्ठ १९, नेपाल पत्रकार महासङघ काठमाडौंले आज सूचना तथा सञ्चारमन्त्री मिलेन्द्र रिजाललाई साना लगानीमा admin-ajax 1सञ्चालित पत्रपत्रिकाको संरक्षण एवम् गत वर्ष पत्रपत्रिकाको लागि भनि बढाइएको २५ प्रतिशत रकम तत्काल निकासा दिने व्यवस्था मिलाउँने लगायतका सात बुँदे ज्ञापनपत्र बुझाएका छन ।
महासंङघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज इश्वरी वाग्ले र शाखा अध्यक्ष गोविन्द चौलागाइको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा केन्द्रीय सदस्य रामहरी सिलवाल ,शाखाका उपाध्यक्ष श्रीजन झा,  सचिव रामकृष्ण  अधिकारी, कार्य समितिसदस्य त्रय नेत्रप्रसाद न्यौपाने रामचन्द्र बस्नेत सतिदेवी उप्रेती त्यस्तै गरि केन्द्रीय प्रतिनिधीद्धय भरत लामिछाने दिपक पाठक लगायतको उपस्थिती रहेको थियो ।

साना लगानीमा सञ्चालित पत्रपत्रिकाको संरक्षण एवम् गत वर्ष पत्रपत्रिकाको लागि भनि बढाइएको २५ प्रतिशत रकम तत्काल निकासा दिने व्यवस्था मिलाउँने लगायतका सात बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री  रिजालले पत्रकार महासङघको तर्फबाट प्रस्तुत गरिएका सवै मागहरु जायज तथा समयानुकुल भएको भन्दै    तत्काल  सम्बोधन गर्न सकिने मागलाई पूरा गर्न प्रतिवद्ध रहको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031