शुक्रबार, मंसिर १५, २०८०
Dashain

संसद बैठकको अवरुद्धता खुलाउन मुलुकका प्रमुखदलहरुवीच आज विशेष छलफल हुँने

काठमाडौं ज्येष्ठ २८, विगत एकसाता यतादेखि प्रि वजेट छलफल समेत प्रभावित हुँने गरि यो वा त्यो बहानामा एमाओवादी लगायतका प्रतिपक्षदलहरुले अवरुद्व गर्दै आएको संसद बैठकको अवरुद्धता खुलाउनका लागि आज पनि मुलुकका प्रमुखदलहरु छलफलमा जुट्दै गरेको बुझिएको 3 dall ko logoछ। यस अघि भएको छलफलमा मधेसवादी दलहरुलाई पनि सहभागी गराएर उच्चस्तरीय राजनीतिक समिति गठन गर्नेमा दलहरुबीच सहमत भए पनि समितिको नेतृत्व कस्ले गर्ने भन्ने विवादका कारण समितिले गती लिन सकिरहेको थिएनन ।

एकातर्फ प्रमुखदलहरुवीचको वार्तामा एमाओवादीले राजनीतिक समितिको नेतृत्व स्थायी रुपमा आफूले पाउनुपर्ने एलौटी रटान लगाउँदै आएका छन भने सत्तारुढ दल काँग्रेस रसत्तासाझेदार दल नेकपा एमाले भने समितिको नेतृत्व आलोपालो रुपमा गर्नुर्पे बताउँदै आईरहेका छन । यद्यपी यि यस्ता यावत कारणकावीच पनि आज काँग्रेस सभापति एवम प्रधानमन्त्री सुशील कोइराला बीराटनगरबाट फर्किएपछि साँझसम्ममा प्रमुख तीन दलको बैठक बस्ने तयारी भइरहेको काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ।

त्यस्तै आज दलहरुवीच वार्ता भयो भने कोइराला नेतृत्वमा सरकार गठनगर्नुभन्दा अघि भएको ४ बुँदे सहमतिको कार्यान्वयन, रकमान्तर प्रकरण लगायतका प्रसङगमा विशेष छलफल गरि निकास दिने तयारी काँग्रेसले बनाएको काँग्रेस निकट स्रोतले जनाएको छ । ।यसैबीच व्यवस्थापिका संसदको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031