
संविधानसभाअगाडि भेटिएको वस्तु बम नभएको पुष्टि
काठमाडौं ज्येष्ठ २१,राजधानीको नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेटबाट आज बिहान भेटिएको शकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।
पलास्टिकले वेरेर झोला भित्र माग पत्र सहितको तार जोडिएको प्रेसर कुकर देखिएपछि उक्त वस्तु प्रेसर कुकर बमको आशंकामा सेनाले डिस्पोज गरेको हो । त्यस्तै बम राखिएको क्षेत्रमा दलित मुक्ति फोर्सको पर्चा भेटिएको प्रहरीले जनाएको छ।
यसअघि झोला भित्र तार जोडिएको प्रेसर कुकर देखिएपछि बम रहेको आशंकामा सुरक्षा निकायले त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यस कारण केही घण्टा त्यस क्षेत्रमा आवत जावत समेत अवरुद्ध भएको थियो ।