मङ्लबार, जेष्ठ २३, २०८०

व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध

काठमाडौँ ज्येष्ठ २०, व्यवस्थापिका संसदको आजको बैठक कार्य सूचीमा प्रवेसनै नगरी सुरुभए लगत्तै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारले चारबुँदे सहमति पालन नगरेको र संसदमा प्रतिपक्षी दललाई विश्वासमा लिन नसकेको भन्दै जनताको करबाट सङ्कलन भएको पैसा bicc 1 (1)सरकारले रकमान्तर गरेकामा आपत्ति प्रकट गर्दै सरकारले रकमान्तरका विषयमा जवाफ नदिएसम्म संसद सुचारु नुहने भनाइ राखेपछि प्रतिपक्षी दलका सबै सांसद आ–आफ्ना आशनबाट उठेर विरोध जनाए पछि आजको बैठक अवरुद्ध भएको हो ।

बैठकमा सभासद कर्णले आफ्नो भनाइ राखिरहँदा अर्थमन्त्री डा. महतले आफ्नो आशनबाट उठी नियमापत्ति जनाउदै अर्थमन्त्री डा. महतले सभामुखसङग बोल्न समय माग्दा सभामुख नेम्वाङले प्रतिपक्षी दलका सभासदहरू आशनबाट उठिरहनुभएकाले यसलाई संसद अवरुद्ध मानिन्छ भन्दै अर्थमन्त्री डा महतलाई बोल्न समय दिनुभएन । व्यवस्थापिका–संसदको अर्काे बैठक बुधवार अपराह्न ५ बजे बस्नेछ ।

प्रमुख तीन दलबीचको छलफल बिना निष्कर्ष टुङगीयो

यसैवीच  अवरुद्ध संसद सूचारु गर्न प्रमुख तीन दलबीच आज भएको छलफल बिना निष्कर्ष टुंगिएको थियो । संविधानसभाको बैठक चलिरहँदा संसद भवनमै भएको कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीचको छलफलमा दुबै पक्ष आ–आफ्ना अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष  टुंगिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031