बिहिबार, अशोज ४, २०८०

वरिष्ठ नेताबाटै मध्ययुगीन अभ्यासको पुनरावृति हुँनु निन्दनीय कार्य अध्यक्ष :थापा(विज्ञप्ति सहित)

काठमाडौँ ज्येष्ठ १९, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले महाधिवेशनको जनादेश अनुरूप पदमा बहाल रहेकै अवस्थामा अराजक ढङ्गले नेता लोकेन्द्र बहादुर चन्दले बहालवाला अध्यक्षको नेमप्लेट हटाएर राप्रपाको अध्यक्षको जिम्मेवारी लिएको दाबी गर्दै प्रर्दशन गरको अराजक घटनालाई दुस्साहसपूर्ण र निन्दनीयकार्य भन्दै यसको घोर भत्सर्ना गरेका छन ।

rpp thapa pressrilij यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू आजदेखि पार्टीको अध्यक्ष भएको घोषणा गर्नुभएको छ । राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा आज पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो घोषणा गरेपछि अध्यक्ष सूर्यबहादुर थापाले आफ्नै निवास मालिगाउँमा आकस्मिक केन्द्रीय समितिको बैठक आव्हान गरि नेता चन्दको अराजक क्रियाकलापको विरोध गर्नु भएको हो ।

अध्यक्ष थापाले आज एक विज्ञप्ति जारी यो वा त्यो बहानामा पार्टीमा आँच आउने तथा एकतामा खलल पुग्ने कुनै कार्य हुन नदिइने दृढता व्यक्त गर्दै घटनाबारे छलफल गर्न यही ज्येष्ठ २५ गते डाकिएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विद्यमान सम्पूर्ण समस्याको निराकरण गर्ने बताउँनु भएकोछ । त्यस्तै पार्टीका वरिष्ठ नेताको पदमा आसिन व्यक्तिबाटै यस्तो मध्ययुगीन अभ्यासको पुनरावृति गर्दै दलीय प्रणालीको इतिहासमा अनौठो र दुस्साहसपूर्ण र निन्दनीय घटना भएको बताउँनु भएकोछ।