बुधबार, मंसिर २०, २०८०
Dashain

मुलुकको दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापन गर्न जरुरी छ : राष्ट्रपति यादव

काठमाडौँ ज्येष्ठ २२, राष्ट्रपति डा रामवरण यादवले प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलनको उद्घाटन गर्दै मुलुकको दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापन   गर्न अति जरुरी रहेको भन्दै जनसङ्ख्या व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण  पक्षलाई ध्यान दिन आग्रह गर्नुभएको छ ।

rambaran-yadavत्यस्तै विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार भन्ने नाराका साथ आजदेखि राजधानीम सुरु भएको तीनदिने सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले जनचाहना बमोजिमको संविधान लेखन र आर्थिक विकासको माध्यमबाट गणतन्त्रलाई संस्थागत गर्ने बाटोमा लाग्न दलहरुलाई आग्रह गर्दै  युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोडदिनु भएको छ

प्रस्तुत सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले दिगो विकासमा जनसङ्ख्यालाई प्रभावकारी रूपमा समाहित गर्न स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी नयाँ नीति सरकारले ल्याउन लागेको जानकारी दिनु भएको थियो । सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, त्रिवि जनसङ्ख्या अध्ययन विभाग, नेपाल नेपाल परिवार नियोजन सङ्घलगायतका संघसंस्थाको आयोजना भएको हो । त्यस्तै सम्मेलनमा विषयगत १५ विषयका ७२ कार्यपत्रको प्रस्तुत गरिने बताइएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031