मङ्लबार, जेष्ठ २३, २०८०

महिला सशक्तीकरणका लागि सरकारले आवश्यक सहयोग गर्ने :उपप्रधानमन्त्री सिंह

काठमाडौँ आषाढ १२ , उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले महिला सशक्तीकरण नेपालले आज राजधानीमा आयोजना गरेको ‘महिला आत्मसुरक्षा तालिम कार्यक्रमको उद्घाटन गर्दै मुलुकको विकासका लागि महिला सशक्तीकरण जरुरी रहेको बताउनुभएको छ ।

 त्यस्तै उपप्रधानमन्त्री सिंहले त्यस अवसरमा महिलामैत्री संविधान बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै महिला आत्मसुरक्षासम्बन्धी तालिम राजधानीमा मात्र नभई देशका सबै सहर र गाउँमा पु-याउनु आवश्यक रहेको र यसको लागि सरकारले आवश्यक सहयोग गर्ने बताउदै उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जसरी भएपनि स्थानीय निकायको निर्वाचन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

कार्यक्रममा स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, सशक्तीकरण नेपालका अध्यक्ष रश्मिला प्रजापति लगायतका वक्ताहरुले महिलाको सामाजिक सुरक्षाको चुनौती विश्वभरि नै रहेका बताउँनु भएको उक्त कार्यक्रममा महिलाले आफ्नो सुरक्षा आफँै गर्न सक्ने क्षमताको विकास गर्ने, पीडकको मानसिकता बुझ्न मद्दत पु¥याउने र प्रतिकार गर्न सक्ने क्षमता तथा सीपको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनकारी दिईएका थियो । फोटो : युपी लामिछाने  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031