बुधबार, अशोज १७, २०८०

महाधिवेशन व्यवस्थापनका लागि एमालेले खोल्यो कार्यालय

एमाले महाधिवेशनमा पाँच करोड खर्च हुने, महाधिवेशनको काउन्ट डाउन सुरु

काठमाडौं ज्येष्ठ १९, नेकपा एमालेको आसन्न् नवौ महाधिवेशनको लागि महाधिवेशनको तयारी तथा व्यवस्थापनका कार्यालय स्थापना गरिएको कार्यायको आज अध्यक्ष झलनाथ खनालले शुभारम्भ गरेका छन ।

uml officeत्यस्तै एमालेले महाधिवेशन व्यवस्थापनका लागि खोलेको कार्यालयको शुभारम्भ पछि आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी सम्बन्धमा विभिन्न समितिबाट भइरहेका कामबारे जानकारी दिदै अर्थ तथा योजना विभागका प्रमुख सुरेन्द्र पाण्डेको संयोजकत्वमा गठित विभागले महाधिवेशनका लागि ५ करोड खर्च लाग्ने बताएका छन ।

यसका लागि पार्टी सभासद्, मन्त्री, सदस्य तथा सुभेच्छुकबाट रकम संकलनको काम थालिएको नवौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी पार्टीको छ। बल्खु कार्यलयमा सोमबारदेखि नै महाधिवेशनको काउन्ट डाउन डिस्प्ले (उल्टो गन्ती) बोर्ड जडान गरिएको छ।दस्तावेजको तयारीका लागि अध्यक्ष खनालको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ।

त्यस्तै शान्तिपूर्ण  जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ” भन्ने मूल नारा तय गरिएकोे जानकारी दिदै पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा महाधिवेशनका लागि आजसम्म दुई लाख ५० हजार सदस्य नवीकरण भइसकेको छ । सबै जिल्ला र प्रवाससमेत गरी केही प्राविधिक काम बाँकी रहेका पाँच जिल्लाबाहेक सम्पूर्ण सदस्यको दर्ता कार्य सम्पन्न भइसकेको छ । महाधिवेशनमा केन्द्रीय नेताहरूसहित करिब एक हजार ९०० प्रतिनिधि रहने उल्लेख गरिएको छ । त्यस्तै मूल व्यवस्थापनको कार्यालयमा महासचिव ईश्वर पोखरेलसहित पार्टी सचिवालय सचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालय सचिव पृथ्वीसुब्बा गुरुङ र सचिवालय सदस्य एवम् मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमाल रहनुहुनेछ । सचिवालयले महाधिवेशनसङग सम्बन्धीत गतिविढी सञ्चार माध्यमलाई जानकारी गराउने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031