मङ्लबार, जेष्ठ २३, २०८०

महाधिवेशनको लोगो सार्वजनिक गरे लगत्तै ‘राष्ट्रिय झण्डा’ दुरुपयोग गरेको भन्दै आलोचना

 महासचिव पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनलाई सुझावसहित अनुमोदन

काठमाडौं ज्येष्ठ २७, सत्तासाझेदार दल नेकपा (एमाले)ले राष्ट्रिय झण्डालाई मुनी राखेर नवौँ आफ्नो राष्ट्रिय महाधिवेशनको चिन्ह बनाएको छ । एमालेले आज जारी गरेको विज्ञप्ति र महाधिवेशनको चिन्हमा पार्टीको झण्डा र चुनाव चिन्ह मुनी राष्ट्रिय झण्डा राखिएको उल्लेख छ । चुनाव चिन्ह UML_Logo_9_th_Congressसूर्यको बिचमा ‘सिपिएनयुएमएल’ तथा हँसिया हथौडा अंकित झण्डाको मुनी दुई झुम्कामा सूर्य र चन्द्र अंकित राष्ट्रिय झण्डा राखिएको छ । एमालेले महाधिवेशनको लोगो  सार्वजनिक गरे लगत्तै ‘राष्ट्रिय झण्डा’ दुरुपयोग गरेको भन्दै आलोचना सुरु भएको छ । पार्टी महाधिवेशनमा एमालेले ‘राष्ट्रिय झण्डा’ दुरुपयोग गरेको आरोप  लागेको छ । ‘राष्ट्रिय झण्डा प्रयोग गर्नुनै थियो भने माथि राखेको भए हुने थियो,एमालेकै एक जना केन्द्रीय सदस्यले भने, ‘यो त मलाई पनि मन परेको छैन ।’

‘आजैदेखि नवौं राष्ट्रिय महाधिवेशनको लोेगो सार्वजनिक गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘लोगोमा प्रस्तुत रातो रङ्गले पार्टीको क्रान्तिकारी–रूपान्तरणकारी चरित्रलाई अभिव्यक्त गर्छ भने सुनौलो रङ्गले पार्टीले निर्माण गर्न चाहेको समृद्ध नेपालको भावनालाई प्रतिनिधित्व गर्छ ।’ ‘नीलो रङ्गले शान्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ,’ एमालेले भनेको छ, ‘राष्ट्रिय झण्डाको साङ्केतिक बिम्बले राष्ट्रियताप्रतिको पार्टीको निष्ठालाई व्यक्त गर्दछ ।

यसैवीच महाधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जानकारी अनुसार केन्द्रीय कमिटीले महासचिव इश्वर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरेको छ भने विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई पनि समावेश गरी विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, प्रकाश ज्वाला, बेदुराम भुसाल र भीम रावल रहेको कार्यदल बनाइएको छ । महाधिवेशन प्रतिनिधिको चयन आगामी असार ७ गते देशैभरि एकै दिन सम्पन्न गर्ने तयारी गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031