शनिबार, अशोज ६, २०८०

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री कोइराला विहीवार चीन भ्रमणमा जाने

  • प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमण
  • नेपाल आउन लाग्नुभएकी म्यानमारका विपक्षी दलकी नेतृ आङ्साङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान दिने निर्णय 
  • दार्चुलाको सदरमुकाममा घरजग्गाको पूर्ण क्षति भई विस्थापित भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही रकम आर्थिक सहयोग गर्ने निर्णय
  • नेपाल टेलिभिजनको सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले दिएको राजीनामा स्वीकृत
  • तत्कालीन राजा विरेन्द्रको  नाममा रहेको नुवाकोटको १७२ रोपनी र धादिङको १५०१ रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयका नाममा दर्ता गर्न स्वीकृत

काठमाडौँ ज्येष्ठ २१, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणलाई बुधबार स्विकृत गरेको छ । कोइराला चीनको कुनमिङमा हुन लागेको साउथ एसिया एक्स्पोको उद्घाटन समारोहमा सहभागी हुन चीन सरकारको निम्तोमा कोइराला बिहीबार त्यस तर्फ जान लागेका हुन् ।

singhadurbarमन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमणबारेमा गरेको निर्णयको जानकारी दिदै सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालाको भ्रमण दलमा विभिन्न दलका सांसदहरूको सहभागिता रहने बताउँनु भएको छ । त्यस्तै आजको बैठकले सरकारले निजामती सेवा ऐन, २०४९ को संशोधन गर्न बनेको विधेयक स्वीकृत गरी ऐनका रुपमा पारित गर्न व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गर्नुको अलावा प्रधानमन्त्री कोइरालाको निमन्त्रणामा नेपाल आउन लाग्नुभएकी म्यानमारका विपक्षी दलकी नेतृ आङ्साङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान दिने निर्णय गरेको छ ।

सरकारले गतवर्षको भदौ २ गते महाकाली नदीमा आएको बाढीबाट दार्चुलाको सदरमुकाममा घरजग्गाको पूर्ण क्षति भई विस्थापित भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।  बैठकले नेपाल टेलिभिजनको सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले दिएको राजीनामा स्वीकृत गर्नुका साथै तत्कालीन राजा विरेन्द्रको  नाममा रहेको नुवाकोटको १७२ रोपनी र धादिङको १५०१ रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयका नाममा दर्ता गर्न स्वीकृत दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031