ललितपुर आषाढ ४, वर्षा र सहकालको देवताका रूपमा मानिने रातो मत्स्येन्द्रनाथ जात्राको क्रममा मत्स्येन्द्रनाथको रथलाई जावलाखेल लानुभन्दा एक दिन अगाडि पुनः दोस्रोपटक नरिवल खसाल्ने परम्पराअनुसार आज साँझ नरिवल खसाल्ने कार्य सम्पन्न् भएको छ । यसअघि पहिलोपटक गत बैशाख २८ गते नरिवल खसालिएको थियो ।
यसरी खसालेको नरिवल समात्ने व्यक्तिको मनोइच्छा पूरा हुँने जनविश्वास रहिआएको छ । त्यस्तै यदि भोलि नै रातो मत्स्येन्द्रनाथको रथलाई थटीटोलबाट जावलाखेल पु-याइएको खण्डमा असार ८ गते भोटो देखाउन सकिने र रथ तानेर जावलाखेल पु-याउन नसकिएको अवस्थामा भने अर्काे दिन रथ तान्ने र भोटो देखाउने समय पनि सर्ने गर्दछ ।
रथलाई जावलाखेल पु-याइएको चौथो दिन राष्ट्रप्रमुखको सहभागितामा भोटो देखाउँदै लामो समयसम्म मनाइने मत्स्येन्द्रनाथको समापन गर्ने परम्परा रहि आएको छ।