बुधबार, अशोज १०, २०८०

भारतीय केन्द्रीय मन्त्री गोपीनाथ मुण्डेको सडक दुर्घटनामा निधन

काठमाडौं ज्येष्ठ २०, गतसातामात्र नव नियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटमा ग्रामीण विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नु mundeभएका मन्त्री गोपनाथ मुण्डेको आज सडक दुर्धटनामा निधन भएको छ। सडक दुर्धटनामा परि गम्भिर घाइते हुँनु भएका मन्त्री मुण्डेको एम्‍स ट्रोमा सेन्टरमा उपचार को क्रममा मृत्‍यु भएको हो ।

दिल्लीबाट मुम्बई जाने क्रममा विमानस्थलतर्फ जादै गर्नु भएका मुण्डेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो । उहांको शवलाई पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखी भोलि महाराष्ट्रमा अन्त्येष्टी गरिने भारतयि सञ्चारमाध्यमहरुले जनाएको छ ।  यस अघि मन्त्री मुण्डेको अवस्था बुझ्न केन्द्रीय स्वास्‍थ्‍य मन्त्री डा। हर्षवर्धन, नितिन गडकरी अस्‍पताल पुथ्नु भएको थियो । यसैवीच प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट मार्फत मुण्डेको निधन प्रति सोक ब्यक्त गरेका छन।प्रम मोदीले भनेका छन् कि गोपीनाथ मुण्डेको निधनबाट पुरै देश र सरकारलाई ठूलो क्षति भएको  बताउँनु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत मुण्डेको निधनमा ब्यक्त  शोक अभिव्यक्ति 

Narendra Modi @narendramodi · 1h

Gopinath Munde ji was a true mass leader. Hailing from backward sections of society, he rose to great heights & tirelessly served people 

Extremely saddened & shocked by the demise of my friend & colleague Gopinath Munde ji. His demise is a major loss for the Nation & the Govt.

Condolences to Munde ji’s family. We stand by them in this hour of grief.