
हेटौँडा ज्येष्ठ २०, सिरहाबाट काठमाडौँतर्फ आइरहेको ना४ख ६८४६ नं को रात्रिबस पूर्वपश्चिम राजमार्गको मकवानपुरको सिमानानजिक अमलेखगन्जमा गएराति अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार गम्भीर घाइते भएका १५ जनामध्ये नौ जना चितवन भरतपुर अस्पतालमा र ६ जनालाई काठमाडौँतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना परि मृत्यु हुने धनुषा जिल्लाको धारापानी गाविस–९ बस्ने २५ वर्षीय विनोद ठाकुर रहेको प्रहरीले जनाएको छ ।