बुधबार, मंसिर २०, २०८०
Dashain

प्रेस युनियन भक्तपुरमा प्रजापति,केन्द्रले गरेको कारवाही अवैध ठहर

काठमाडौं ज्येष्ठ २५, नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरको पाँचौ जिल्ला अधिवेशन निर्वतमान अध्यक्ष र सचिवलाई केन्द्रले गरेको कारवाही अवैध भएको ठहर गरेको छ । युनियनको विधान विपरित कारवाही गरिएकाले प्रेस युनियन भक्तपुरले उक्त कारवाही प्रक्रियाको खेद प्रकट गरेको छ ।  महासंघ भक्तपुरको गत चैत्र ८ गते सम्पन्न जिल्ला अधिवेशनमा युनियनका केन्द्रिय सल्लाहकार कविर राणाले भनेको नमानेको भन्दै निर्वतमान अध्यक्ष केदार खड्का र सचिव जगत कृष्ण प्रजापति विरुद्ध प्रतिष्ठान समन्वय समितिको लेटर प्याडमा महासचिव शिव लम्सालले हस्ताक्षर गरी  स्पष्टिकरण सोधिएको थियो ।

युनियनको विधानको परिच्छेद ५ को केन्द्रीय कार्यसमिति अन्र्तगतको  (ड)मा केन्द्रिय समितिले गठन गरेको अनुशासन समितिले मात्र कारवाही गर्ने ब्यवस्था गरेको छ । तर विधान विपरित भक्तपुर जिल्ला समितिलाई महासचिवले गलत लेटर  प्याड प्रयोग गरि ठाडो स्पष्टिकरण सोधेको भन्दै अधिवेशनमा सहभागीहरुले कडा विरोध गरेका थिए ।

अधिवेशनले जगत कृष्ण प्रजापतिको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँकार्यसमिति समेत गठन गरेको छ । बाँकी पदाधिकारी र पार्षद्हरुको चयन निर्वतमान अध्यक्ष केदार खड्का, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजु र नव निर्वाचित अध्यक्ष प्रजापतिको समन्वयमा चयन गरिने निर्णय समेत गरिएको छ ।

यस अघि अधिवेशनको उदघाटन भक्तपुर क्षेत्र नम्वर २ का सभासद रामेश्वर प्रसाद ढुंगेलले गर्नुभएको थियो । सो अवसरमा उहाँले कसैले व्यक्तिगत स्वार्थका लागि हैकमवाद जमाउन खोज्यो भने त्यसको प्रतिकार गर्न प्रजातन्त्रबादीहरु एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

  नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का उपसभापति गोकुल शर्माले प्रेस युनियन भक्तपुर बैधानिक रुपमा एवं प्रजातान्त्रिक पद्धतीमा युनियनको अधिवेशन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै संगठनका नाममा कसैले टिका लगाईदिने परम्पराको अन्त्य भएको बताउनुभएको प्राप्त समाचरमा जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031