बुधबार, अशोज १२, २०७९

प्रेसमैत्री संविधान लेखनका लागि पहल गर्छौं : मन्त्री निधि

काठमाडौँ ज्येष्ठ २१, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले प्रेसमैत्री संविधान बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको सातौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा 10329107_10203163980093295_1874136512906874540_nउहाँले श्रमजीवी पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि प्रेसमैत्री संविधान बन्नुपर्ने र त्यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।

मन्त्री निधिले श्रमजीवी पत्रकार ऐन २०५१ कार्यान्वयन हुन नसक्दा श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षा हुन नसकेको बताउँदै उक्त ऐन कार्यान्वयन गर्न सबैले एकताबद्ध भएर पहल गर्नुपर्छ भन्नुभयो । राज्यको चौथो अङ्गको रुपमा रहेको प्रेस मुलुकमा बहुदल आएपछि निकै विस्तार भएको र नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा पत्ररकारले महत्वपूर्ण योगदान पु-याएको स्मरण पनि उहाँले गर्नुभयो ।

युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष बद्री सिग्देलले पत्रकारको व्यावसायिक र भौतिक सुरक्षाका लागि संविधानमै ग्यारेन्टी गर्नुपर्नेमा जोड दिँदै अझै पनि नेपाली श्रमजीवी पत्रकारले काम गरेबापत पारिश्रामिक, नियुक्तिपत्रलगायतमा समस्या भोग्नुपरेको बताउनुभयो ।

युनियन काठमाडौँ शाखाका नवनिर्वाचित अध्यक्ष नकुल अर्यालले युनियनको काठमाडौँ शाखामा व्यवसायिक समूह आएको बताउँदै यसले श्रमजीवी पत्रकारको हकहितका लागि लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री निधिले युनियनका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्नुभएको थियो ।  रासस  यसैवीच नेपाल प्रेस युनियन काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई विहीवार पद हस्तान्तरण गरिने भएको छ ।   ।  प्रेस युनियन केन्द्रीय कार्यालय थापागाउँमा   नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका वीच पद हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको काठमाडौं युनियनले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031