बिहिबार, चैत्र १६, २०७९

प्रमुख दलसँगको बैठकमा नेकपा–माओवादीले भने -सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको गठन गरौ

काठमाडौं ज्येष्ठ २६,प्रमुख चार दलसँगको बैठकमा नेकपा–माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको प्रस्ताव राखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको काँग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीसहितको बैठकमा माओवादीले सभा गर्नेसम्बन्धी प्रस्ताव गरेको mohan baidहो । माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी बनाउने विषयमा केन्द्रित रहेर बैठकमा छलफल भएको एमाओवादीका नेता डा बाबुराम भट्टराईले बताए ।

उनले भने, ‘नेकपा–माओवादीलगायत दललाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी बनाउन सरकारको पहलमा छलफल सुरु भएको छ, बैठकमा नेकपा–माओवादीले राखेको प्रस्तावका बारेमा सबै दल सकारात्मक हुनाका साथै सबैले आआफ्नो दलमा सल्लाह गरी अगाडि बढ्ने सहमति भएको छ ।सरकारको व्यवस्थापन तथा प्रमुख तीन दल र माओवादीको आयोजनामा सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा हुनुपर्ने माग बैठकमा राखिएको माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बताए ।

आफ्नो प्रस्तावका बारेमा प्रमुख तीन दल सकारात्मक भएको जिकिर गर्दै उनले सभाको सर्तका रुपमा विगतका सहमति कार्यान्वयन हुनुपर्ने, संविधानसभामा भएका ३१ दल र बाहिरका ३३ दल सम्मिलित सभाको गठन हुनुपर्ने माग राखिएको बताए । संविधान निर्माण प्रक्रियाभन्दा बाहिर रहेको माओवादीलाई वार्ताद्वारा सहभागी गराउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको निर्देशन बमोजिम सरकारले बैठक बोलाएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले अवरुद्ध संसद् पुनःसञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र पुनः प्रमुख तीन दलबीचमा मध्याह्न सहमति गरी आजै अपराह्न बस्ने संसद् चल्न दिने सहमति भएको बताए । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031