
काठमाडौं आाषाढ ५, प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परिक्षण आज अमेरिकाको म्यानहाटस्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा गरिने भएको छ । प्रधानमन्त्री कोइरालाको उपचारका लागि ३ गते राती अमेरिका जानुभएको हो । प्रम कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा आज परिक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाडौं बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरे अनुरुप प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करविरनाथ योगी, पारिवारिक नातेदारद्धय मृदुला कोइराला,अतुल कोइराला, कर्णेल प्रकाश देउजा सहभागी हुनुहुन्छ ।