सोमवार, मंसिर १८, २०८०
Dashain

प्रधानमन्त्रीको जिब्रोको परीक्षण गरियो स्थिती सामन्य : प्रवक्ता डा.रिजाल

काठमाडौँ आषाढ ६, प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको priminiisterपरीक्षण भएको र परीक्षणको क्रममा उहाँको जिब्रोको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रधानमन्त्रीकोसमेत कार्यभार सहाल्नुभएका उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीका साथमा रहनुभएका प्रमुख सेनानी प्रकाश देउजासँग आज बिहान टेलिफोन सम्पर्क गरी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिने क्रममा प्रमुख सेनानी देउजाले प्रम कोइरालाको स्वास्थ्यस्थिती सामान्य रहेको जानकारी गराएको सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभएको छ ।

त्यस्तै फोक्सोमा देखिएको दागबारे आवश्यक परीक्षण गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने प्रमुख सेनानीबाट जानकारी प्राप्त भएको सञ्चारमन्त्री डा. रिजालले जानकारी दिनुभएको छ ।