काठमाडौं अषाढ २, पशुपतिनाथ मन्दिरका बहालवाला मूल भट्ट महाबलेश्वरले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको स्थानमा
गणेश भट्टलाइ सिफरीस गरिएको छ । संस्कृतिमन्त्री अध्यक्ष रहेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को आइतबारको बैठकले चार भट्टमध्ये वरिष्ठता र सक्षम भन्दै गणेशलाई मूलभट्टमा नियुक्त गर्न सिफारिस गरेको हो।

हालका मूलभट्ट महाबलेश्वरले गणेशलाई दीक्षा दिएपछि यसै सातादेखि उनले मन्दिरमा मूल भट्टको जिम्मेवारी समाल्ने पशुपतिक्षेत्र विकास कोषले जनाएको छ।
त्यस्तै कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार मुल भट्ट महाबलेश्वरले २०६९ कात्तिक २१ गते कोषमा चढाएको राजीनामा भने तीन महिनाअघिको कोष परिषद् बैठकले स्वीकृत गरेको जनाकारी दिदै उहाँले कोषका संरक्षक प्रधानमन्त्रीले स्वीकृत गर्न बाँकी रहेको बताए । त्यस्तै उहाँले महाबलेश्वरको राजीनामा स्वीकृतिका लागि कोषका पदाधिकारी आज बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको जानकारी दिनु भएको छ। पशुपतिनाथ मन्दिरमा एक मूलभट्ट र चार भट्टको दरबन्दी रहेको छ ।