शुक्रबार, अशोज ५, २०८०

परम्परागत पेशालाइ आधुनिक ब्यवसायमा रुपान्तरण गर्न पूँजिगत अनुदान : प्रवक्ता प्रधान

४० सहकारी सङ्घ संस्थालाई रू एक करोड २१ लाख पूँजिगत अनुदान उपलब्ध गराउने निर्णय 

काठमाडौँ ज्येष्ठ २७, सूचना तथा सञ्चार मन्त्रालयमा सोमवार आयोजित नियमित प्रवक्ता–पत्रकार अन्तरसंवाद कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले सरकार–सहकारी साँझेदारीमा महिलाद्वारा सञ्चालित साना सहकारी उद्योग स्थापना गर्न, परम्परागत

coprative-mantralaya1पेशालाई सहकारीमा सङ्गठित गरी आधुनिक ब्यवसायमा रुपान्तरण गर्न सहकारी विभागमार्फत ४० सहकारी सङ्घ संस्थालाई रू एक करोड २१ लाख पूँजिगत अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि शान्ति तथा पुनःनिर्माण मन्त्रालयका प्रवक्ता गोविन्द खनालले यसअघि पहिचान गरेका ११ हजार ७४० द्वन्द्वपीडितमध्ये ११ हजार ६९३ जनालाई स्वरोजगार सेवा उपलब्ध गराइएको र बाँकीलाई उपलब्ध गराउने क्रममा रहेको जनकारी दिनु भएको थियो भने वाणिज्य तथा आपूर्ति मन्त्रलयका सहायक प्रवक्ता दीपकराज पाण्डेले तेस्रो मुलुकबाट आयात भएको मालबस्तु पुनः तेस्रो मुलुक पठाउन कोलकत्ता रक्सौल नाकाको अतिरिक्त जोगवनी–विराटनगर, नौतनवा।सुनौली–भैरहवा नाकाबाटपनि तेस्रो मुलुकबाट गाडीमार्फत पठाउँन दुई देशबीच पत्राचार भइसकेको बताउँदै यसले दुई देशवीचको व्यापार लाई सहजीकरण गर्न बताउँनु भएको थियो ।

बताउनुभयो लोकसेवा आयोगका सहायक प्रवक्ता प्रेमप्रसाद पौडेलले लिखित परीक्षाको नतिजा छिटो प्रकाशन गर्न अप्टिकल मार्क रिडर मेसिनबाट वस्तुगत उत्तरपुस्तिका परीक्षणका लागि छ वटा उपकरण ल्याइएको र कर्मचारीहरूलाई तालिम गराएपछि सो उपकरणलाई प्रयोगमा ल्याइने उल्लेख गर्नुभयो । त्यस्तै गरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले काठमाडौँ उपत्यकाभित्रका राणाकालीन दरवारलाई पर्यटकीय सेवा प्रदान गर्ने होटल रेष्टुराको रूपमा विकास गर्र्ने तयारी भइरहेको जानकारी दिनु भएको उक्त अन्तर सवादमा कार्यक्रममा उद्योग मन्त्रालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ताहरुले पनि आआफ्नो मन्त्रालयको गतिवीढी प्रस्तुत गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031