शनिबार, अशोज १३, २०८०

पनौतीमा देवीदेवताबीच यौनक्रिडाको प्रतिक मानिने ज्यापुन्हि जात्रा सम्पन्न्

शरण् डङगोल/ पनौती ज्येष्ठ ३०, प्रत्येक वर्ष जेष्ठ शुक्ल पूणिमाका दिन ऐतिहासिक एवम प्राचीन सहर पनौतीमा इन्द्रेश्वर भद्रकाली र उन्मतभैरवको रथ जुधाउने जात्रा सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको पनौती नगरीमा स्थानिय शक्तिपीठका रथ जुधाएर जात्रा गरिएको हो । हरेक वर्षको जेठ शुक्लपक्ष दशमीबाट तीन दिन मनाइने जात्रालाई स्थानिय भाषामा ज्यापुन्हि जात्राको नामबाट समेत पहिचान गरिएको स्थानीहरुले हाम्रा सहकर्मी  सङको भेटमा बताए ।

IMG_0717sjh_Road  photography_Panauti_Jatra_2071

जात्राको क्रममा नगरको बीच भागमा अवस्थित लायकु टोलमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मतभैरवको रथलाई एकआपसमा जुधाएर मनाइने जात्रासँग कृष्णचरित्र र महादेवपार्वतीको किवंदन्ती जोडिएको जानकारी दिदै खेती किसानीको काममा व्यस्त हुने बखत मनाउने जात्रा भएका कारण पनौती जात्रालाई स्थानिय भाषामा ज्यापुन्हि जात्रा भनिएको स्थानीयहरुको मत रहेको छ ।

IMG_0659sjh_Road  photography_Panauti_Jatra_2071

त्यस्तै जेष्ठ शुक्ल पूणिमाका दिन पनैती स्थित त्रिवेणी घाटमा नुवाइधुवाइ गरी रथ जुधाएको हेरेमा वर्षभरिको पापबाट मुक्त हुने जन विश्वास बोकेको यो जात्रा हेर्नका लागि त्रिवेणाी घाटमा विहानदेखिनै नुहाउनेहरूको घुइँचो लाग्दछ । जात्रामा विशेष गरि उन्मत्तभैरवको खटले पछाडिबाट र इन्द्रेश्वर महादेवको रथले अगाडिबाट भद्रकालीको रथसँग जुधाउने परम्परागत प्रचलन आफैमा विशेष र जात्राको प्रमुख आकर्षणको पक्ष मानिन्छ ।IMG_0636sjh_Road  photography_Panauti_Jatra_2071

यसरी रथ जुधाउँदा रथजात्रामा संलग्न व्यक्तिहरूले चारैतिरबाट अबिरको वर्षा गराउँदै गर्दा त्यस क्षेत्रमा एक विशेष उमङको वातावरण  सिर्जना भएको स्वभाविकरुपमा  आभाष गर्न सकिन्छ । साथै रथ जुधाउँदै गर्दाको थप महत्व अन्र्तगत

IMG_0561sjh_Road  photography_Panauti_Jatra_2071

 उन्मत्तभैरवको खटले पछाडिबाट र इन्द्रेश्वर महादेवको रथले अगाडिबाट भद्रकालीको रथसँग जुधाउने परम्परा  आफैमा देवीदेवताबीच यौनक्रिडा भएको र प्रस्तुत देवी देवतावीचको यौनक्रिडा अरूले देख्न नसकोस् भन्ने आशयले चौतर्फी खुला आकासमा अविर छर्ने गरिएको किम्बदन्ती बोकेको यो जात्रा पनौतीमा मनाइने अन्य जात्रा भन्दा भिन्न् र अलौकिक रहेको मानिन्छ ।