शुक्रबार, मंसिर १५, २०८०
Dashain

नेता नेपालले आफै नेतृत्वमा आउँछु भन्नु तर्कसङगत होइन :  महासचिव पोखरेल

Ishor-Pokhrelकाठमाडौं आषाढ ६, सत्ता साझेदार दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा लोकतान्त्रिक संविधान जारी नभएसम्म यावत विमतिका वावजुद पनि सहकार्य नतोड्ने बताउँनु भएको छ। महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ।

त्यस्तै ए प्रश्नको जवाफमा महासचिव पोखरेलले एमालेको आसन्न ९औं महाधिवेशनमा अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि धेरै पार्टीको नेतृत्व गरिसक्नु भएकाले अव निर्विवाद रुपमा पार्टी नेतृत्वको जिम्मा नयाँ व्यक्तिलाई दिनुपर्नेमा नेता नेपालले आफै नेतृत्वमा आउँछु भन्नु तर्कसङगत नभएको भन्दै सहज वातावरणमा ९औं महाधिवेशनबाट ओलीको नेतृत्वमा पार्टीको  नयाँ संरचना बनाउँनु मुलुकको आवश्यकता भएको बताउँनु भएको थियो । साथै उहाँले यदि यस्तो वातावरण बनाउँने क्रममा कोहि कसैले वाधाव्यवधान सिर्जना गर्छ भने त्यो स्वभाविक रुपमा बढारिने दावी गर्नु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031