मङ्लबार, जेष्ठ २३, २०८०

निवर्तमान अध्यक्ष स्वत : वरिष्ठ नेता

काठमाडौं अषाढ २, नेकपा (एमाले) को नयाँ विधानले पार्टीका निवर्तमान अध्यक्षलाई स्वतः वरिष्ठ नेताका रूपमा प्रस्ताव गरेको छ । एमालेमा हाल UML_Logo_9_th_Congressविधानतः वरिष्ठ नेता नभए पनि पूर्वमहासचिव (पार्टी प्रमुख) माधवकुमार नेपाललाई केन्द्रीय कमिटीको निर्णयका आधारमा दोस्रो वरियतामा राखिएको छ । महाधिवेशनले नयाँ अध्यक्ष चयन गरेमा वर्तमान अध्यक्ष झलनाथ खनाल अब स्वतः वरिष्ठ नेता हुनुहुने भएको छ ।

एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार संशोधनका लागि प्रस्ताव गरिएको विधानमा स्वतः वरिष्ठ नेता (अध्यक्षपछिको मर्यादाक्रम) मा किटान गरिएको बताउनुभयो । सो विधानमा केन्द्रीय कमिटीको सङ्ख्या पनि बढाएर १४९ बनाइएको छ । त्यस्तै पदाधिकारीको सङ्ख्या पनि वृद्धि गरी १५ बनाउने प्रस्ताव गरिएको छ । रासस

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031