आइतवार, जेष्ठ १४, २०८०

नवौं महाधिवेशनमा जर्बजस्त सम्झौता हुँदैन : नेता ओली

माधवकुमार नेपाललाई नवौ महाधिवेशनमा उठ्न नसक्नेगरि गरी पराजित गर्ने वामदेवको लल्कार

काठमाडौँ ज्येष्ठ २६,  नेकपा एमालेको आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्याशी एवम् संसदीय दलका नेता तथा केपी शर्मा ओलीले भृकुटीमण्डपमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी दिनमा पार्टीलाई थप गतिशिल एवम्   ससक्त रुपमा रुपान्तरण गर्नका imageलागि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु जरुरी रहेको भन्दै आफुले त्यो जरुरीलाई एकताबद्ध ढङमा पुरा गर्न सक्ने बताउँनु भएको छ । त्यस्तै समयको माग र आवश्यकतालाइ नजर अन्दाज गर्दै व्यक्तिवादी रुपमा आफ्नो स्वास्थ्यस्थितीलाई आधार बनाएर आफूमाथि प्रश्न उठाएकोमा दुःख व्यक्त गर्दै ओलीले किड्नी फेलियर भएकै बेला माओवादी र कांग्रेसको प्रतिवाद गरेर पार्टी जोगाएको दाबी  गदै नवौं महाधिवेशनमा जर्बजस्त सम्झौता नहुने बताएका छन ।

त्यस्तै उहाँले अहिले पार्टीका सङ्गठन गतिशील नभएको, भएका कतिपय मोर्चामा बैठकसमेत हुन नसकेको, सबै कार्यकर्ताले काम नपाएर निराशा छाएको बताउँदै नेता सम्बोधनको क्रममा पार्टी महाधिवेशन केबल नीति या नेतृत्वको जीतहारको मञ्च नभई, आफैमा एउटा विशाल प्रशिक्षण कार्यक्रम भएकाले पार्टीमा नयाँ संस्कारको विकास गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई प्रयोग गर्नु पने बताउँनु भएको थियो । भेलामा गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सधैं बहुमतमा रहने र कहिल्यै पराजित नभएका माधवकुमार नेपाल नवौ महाधिवेशनमा कहिल्यै नउठ्ने गरी पराजित हुने दाबी प्रस्तुत गर्नु भएको उक्त भेलामा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल सचिवद्धय शङ्कर पोखरेल, विष्णु पौडेल लगायतकावक्ताहरुले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031