काठमाडौं आषाढ १०, गृह मन्त्रालयले डोल्पा जिल्ला धो गाविसमा गत ज्येष्ठ २० गते र त्यसपछि विभिन्न समयमा यार्सागुम्बा टिप्ने क्रममा भएको घटनाका सम्बन्धमा सुर्खेतका प्रजिअको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न सुर्खेतका प्रजिअ दिलबहादुर घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिका सदस्यमा वरिष्ठ प्रहरी उपरीक्षक मधुप्रसाद पुडासैनी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक यादव रेग्मी रहनुभएको छ ।