मङ्लबार, जेष्ठ २३, २०८०

ज्येष्ठ नागरिक र सरकारबीच नौबुँदे सहमति

काठमाडौँ ज्येष्ठ २९ सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुट, सरकारी अस्पतालहरुमा निःशुल्क औषधि उपचारको व्यवस्था र निजी अस्पतालमा ५० प्रतिशत छुट तथा हाल दिइँदै आएको बृद्धभत्तालाई बढाएर मासिक रु. तीन हजार पु-याउनुपर्नेलगायतका माग सम्बोधनका लागि विगत लामो समयदेखि आन्दोलनरत ज्येष्ठ नागरिक एवम सरकारको सरोकारवला मन्त्रालयका प्रतिनिधिबीच बुधवार सहमति भएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम के.सीको उपस्थितिमा मन्त्रालयमा बुधवार भएको वार्तामा ज्येष्ठ नागरिकले राखेका माग पूरा गराउने सम्बन्धमा नौबुँदे सहमति समेत भएको मन्त्रालयद्वारा बुधवार जारी   विज्ञप्तिमा जनाएको छ ।  यसअघि ज्येष्ठ नागरिहरुले सरकारलाइ दवाव दिन राजधानीको यातायात व्यवस्था विभाग अगाडि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिदै आएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031