बुधबार, अशोज १०, २०८०

जातीय विभेदको अन्त्यको माग गर्दै पदयात्रा

काठमाडौँ ज्येष्ठ २१, मुलुकलाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको सस्मरणमा  जातीय भेदभाव तथा छुवाछूत उन्मूलनसम्बन्धी १२ दिने अभियान 2013-09-03 10.53.25अन्र्तगत सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै राजधानीमा दलित गैरसरकारी संस्था महासङ्घ, दलित महिला सङ्घ, दलित नागरिक समाजलगायतको सहभागितामा पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलनसम्बन्धी १२ दिने अभियानले आयोजना गरेको सो पदयात्रा प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सहिद ढोका, बागदरबार हुँदै त्रिपुरेश्वरमा पुगेर समापन भएको थियो ।