बिहिबार, असार २३, २०७९

गणतन्त्र पदवी

काठमाडौं ज्येष्ठ २५/सुरेश आचार्य

गणतन्त्र दिवस पारेर पदक बाँड्ने उही र उस्तै परम्परा दोहोर्‍याइएको छ

सरकारले गणतन्त्र दिवस मनायो। टुडिखेलमा सरकारी कर्मचारी जम्मा भए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई साक्षी राखेर सन्देश सुनाए। भन्ने र सुन्ने सरकारकै मानिस थिए। कसको रूप मन्त्रीको थियो, कसैको भावी मन्त्री अर्थात् वर्तमानका कर्मचारी। टुडिखेलमा खै के पो हुँदै रे छ भनेर सडकबाट हेर्न चाहनेलाई प्रहरीले लाठी लाएर खेद्यो। प्रधानमन्त्रीले भनेका कुरा सायद नागरिकका लायक थिएनन्। सुन्नका लागि उनका देशभक्त जनसेवक उपस्थित छँदैथिए।

timthumbराष्ट्रपतिले नमनाएको गणतन्त्रको कुनै औचित्य रहने कुरा भएन। राष्ट्रपति कार्यालयले गणतन्त्र पर्व मनाउन चार हजार कार्ड बाँड्यो। ओहोदामा रहेकालाई नबोलाइने कुरै थिएन। धेरैजसो लबेदा(सुरुवालमा पुगेका थिए। निम्तोमा पोसाक रमाइलो गरी तोकिएको थियो( राष्ट्रियरमर्यादितरसांस्कृतिक। आफूखुसी आफ्नो रूप देखाउने यो अवसर थियो। यी सबै रूपमा प्रकट हुँदै पाँच सय ७१ सभासद् पनि तँछाडमछाड गर्दै पुगेका थिए। कतिपयको त यो पहिलो गणतन्त्र अवसर हुँदो हो। लब्धप्रतिष्ठितका नाममा बोलाइएकाहरू पनि पानीको पर्वाह नगरी पुगेका थिए। उपस्थितसामु राष्ट्रपतिका सचिवले के भनेरु धेरैले सुन्ने खालको माइक थिएन। पानीले त्यसै अस्तव्यस्त बनाएको कार्यक्रम जो थियो। जलपानमा सरिक हुनु भने होलान् भनेर सबैजसो लामबद्ध भए। मुख मिठ्याएर बाहिरिए। राष्ट्रपति महोदयसँग सबैको देखभेट हुनु, भलाकुसारी चल्नु सम्भव कुरा थिएन। सधैं भेट्ने गरिरहेकै दलका नेताहरू उनको पेभिलियनमा घेराबन्दी गरेझैं उपस्थित थिए।

गणतन्त्रले सातौं वर्ष टेक्दा गणतन्त्र पर्व मनाइएका यी राष्ट्रिय उदाहरण हुन्। जिल्लामा सिडिओ सापको फूर्ति चल्यो होला। जुलुस कुदाए वा भाषण पड्काए होलान्। तर ती समाचारलायक देखिएनन्। मिडियामा तिनको कभरेज खासै पढ्नुपरेन। हेर्न, सुन्न पनि पाइएन। बरु समाचार र चर्चामा सरकारले घोषणा गरेको राष्ट्रपतिले बाँड्ने पदक नै रह्यो, आखिर घोषणा राजधानीस्थित केन्द्र सरकारको थियो। गृहमन्त्रालयका सहसचिवले विभिन्न कोणमा आएका आदेश र निर्देशनका आधारमा तयार पारेको पदक सूचीमा पर्नुपर्ने मात्रै परे कि नपर्नुपर्ने पनि परेरु यो बहसचाहिँ यदाकदा सुनियो। म, मेरा, आफन्तलाई मिलाएर मात्र यो वितरण भएन। तेरा पालामा मैले यति पनि नपाउने भनेर घुक्र्याउनेको पनि भाग लागेको अनुमान गर्न गाह्रो भएन। अझ बेलाबखत काम लाग्ने वा लगाइआएका भागमा पनि पदक पस्यो। जसले घोषणा अघि हेर्न सुन्न पायो, उसले पनि दुईचार आफ्ना थपिहाल्यो रे। केहीले त पाएर पनि खोसिएको घोषणा गर्न पनि भ्याए। कतिपयलाई त मागिहालियो, उसले पनि पाएछ, लिने कि नलिने भन्ने दुविधा पनि परेको होला।

हिजो महाराजले आफ्ना जन्म दिन र प्रजातन्त्र दिवसका नाम पारेर आसेपासेलाई खुसी राख्न पदक बाँड्ने चलन थियो। पदक पाउनेमा झुक्किएर हिजो पनि कोही राम्रा पनि परिहाल्थे। महाराजले दिएको कसरी नलिनुको पीडामा बकस थाप्न पुग्थे। आज गणतन्त्र दिवस पारेर उही र उस्तै परम्परा दोहोरिएको छ। कतिपयको टिप्पणी रह्यो( अधिकांश सरकारी कर्मचारीले पदक पाएछन्। त्यो सूचीमा पाउनेभन्दा नपाउने कर्मचारी धेरै छन् भन्नेतिर कमैको ध्यान गयो। तर जतिले पाए र माथ्लो दर्जाका पदकका दाबेदार दलका नेता, पूर्वमन्त्री र कर्मचारीहरू नै धेरै देखियो। जनसेवा आखिर कि नेताले गस्यो होला कि कर्मचारीले। अरूले गरेको सेवा कसरी जनसेवा होलारु राज्यको ढुकुटीमा हालीमुहाली गर्न पाउनेले गरे सरहको सेवा अरू कसैले गर्न सक्छन्रु असम्भव। सिफारिस समितिमा बसेकाले आफैंले पड्काएछन्। मौकामा परेका बेला खाने पो खाने। जान्नेले हान्ने भन्ने त नेपाली उखानै छ।

प्रश्न पदक वितरणमा कसले के पायो भन्ने होइन। प्रश्न पदक वितरणको औचित्यमाथि हो र हुनुपर्छ। किन राज्य कोष खर्चेर अनाप सनापलाई पदक बाँड्ने। खान न लाउन मिल्ने पदक सर्वसाधारणका लागि हुँदै होइन। यसले पाउनेको पनि मानमर्यादा बढाउन सकेको छैन। गर्धनमा झुड्याएर हिँड्दा वामदेव वा कुनै नामधारी नेताको चाकडीबाज रहेछ भनेर चिनिने पदकको के मर्यादारु आज जनसेवकका नाममा पदकधारी बनेको व्यक्ति भोलि अख्तियारको थुनामा भनेर पढ्न सुन्नुपरेन भने यसको औचित्य होला। तर त्यो अवस्था आयो भने के गर्नेरु पदक सिफारिस गर्ने समिति, घोषणा गर्ने सरकार वा वितरण गर्ने राष्ट्रपति को जिम्मेवार हुनेरु के उनीहरू यसको जिम्मेवारी लिने अवस्थामा छन्रु छैनन् भने यो मान हो कि अपमानरु

पदक जोकसैले निगाहमा पाउने होइन। पाउनु पनि हँुदैन। दिइनैपर्ने हो भने उत्कृष्टताका आधारमा पदक दिइनुपर्छ। दिनुपर्ने औचित्य पुष्टि गरेर घोषणा गरिनुपर्छ। जो जसलाई जसरी वितरण गर्न मन लाग्यो, बाढीपीडित वा भोकमरीको लाइनमा रासन वितरण गरेजस्तो हुनु हुन्न। केही आफन्त र आसेपासेलाई खुसी राख्ने सामन्ती संस्कारको अन्त्य भएन भने त्यो कसरी गणतन्त्र हुन्छरु गणतन्त्र दिवस पारेर यसको वितरण गरिनुको के औचित्य हुन्छरु

गणतन्त्र दिवस मनाइरहँदा समीक्षा हुनुपर्ने विषय गणतन्त्रले नागरिकलाई दिइएको अधिकारको विषय हो। गणतन्त्रको उदयसँगै एक महाराजको अन्त्यले सयौं छोटे महाराज जन्माएको विषय बहस हुनुपर्ने होइन ररु नागरिकले गणतन्त्र कहाँ र कसरी अनुभूत गर्न सक्यो, यसको व्याख्या(विश्लेष्णण हुनुपर्ने हो। राष्ट्रपति निवासमा खान पाउने वर्गकालाई जलपान गराइँदै गर्दा भोटो र कछाडका भरमा जिन्दगी बिताएको नागरिकले हातमुख जोर्न पायो कि पाएन भनेर कसले सोच्योरु त्यो नागरिकलाई गणतन्त्र अनुभूत गर्ने अधिकार छैन ररु त्यो नागरिक जो राज्यसँग शून्य अपेक्षामा आफ्नो बलबुतामा जीवन बाँचेको छ, के कुनै पदकको दाबेदार हुन सक्दैनरु सर्वसाधारणका लागि गणतन्त्रको कुनै मूल्य छैनर ?

 साभार :अन्नपूर्ण  पोष्टबाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031