शुक्रबार, अशोज ५, २०८०

कुइँकेललाई पद तथा गोपनीयताको शपथ

काठमाडाँै आषाढ १२, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले गत आईतवार सम्पन्न उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट 2संविधानसभा सदस्यमा निर्वाचित दीपक कुइँकेललाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । संविधानसभा भवनमा आज आयोजित समारोहमा अध्यक्ष नेम्बाङले नव निर्वाचित संविधानसभा सदस्य कुइँकेललाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

कुइँकेल नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।