बिहिबार, मंसिर १४, २०८०
Dashain

एक हजार देखि रु एकलाख सम्म पुरस्कार दिने भन्दै राजधानीमा अड्कलवाजीको ठगी धन्दा मौलाउँदै

फर्म किनेको हनुमानढोका परिसरमा ति मान्छेलाई खोज्दै जाँदा कहि नभेटेको पिडितको गुनासो

 काठमाडौं आषाढ १५, विश्वकप महासङग्रामको शनिवार देखि सुरु भएको प्रिक्वाटर फाइलन खेलको सुरवात सङग सङगै राजधानी सौदावाजीको खेल पनि तिव्रतर रुपमा सुरु भएको छ ।

bajiआजको खेलमा कसले जित्छ?  त्यस्तै कति गोलको अन्तरमा खेल समापन हुन्छ ?  फस्ट हाफमा कुन टिमले गोल गर्छ?  खेलमा ट्राईवेकर हुन्छ या हुन्न् जस्ता अनेकन प्रश्नावली ले भरिएको फर्म तयार गरी प्रति फर्म रु एक सय देखि एक हजारसम्माका फर्म राजधानीमाको हरेक चोक चोक र गल्लीमा बेच्दै हिडेको झुण्ड सम्झाझै भेटिन थालेका छन । ति झुण्डहरुले फर्मका लेखिएको प्रश्नावलीको ठिक जवाफ मिल्यो भने मिलेको प्रश्नावलीको आधारमा रु एक हजार देखि रु एकलाख सम्म पुरस्कार दिने भन्दै आम सोझासिधा फुटवल प्रेमीहरुमाझ अड्कलवाजीको ठगी धन्दा चलाउँदै आएका बताईन्छ । 

आश्र्चयको कुरा त खेलमा अड्कलवाजी गर्नु कुनै नौलौ कुरा होईन तर अड्कलवाजी गरेको कुरा मिल्यो भने दिने भनिएको पुरस्कार कहाँ लिने भनेर सोध्दा हामी तपाइलाइ फोन गरिहाल्छु नी के तपाइ एकहजार रुपैया खाएर हामी भाग्छौं र भनेर भन्ने गरेको बताउँदै शनिवार सम्पन्न् ब्राजिल र चिलीवीचको खेलमा आफुले गरेको धेरै अनुमान मिलेको तर आफुलाइ कहि कतैबाट पनि पुरस्कार लिन फोन नआएको र आफुले फर्म किनेको हनुमानढोका  परिसरमा ति मान्छेलाई खोज्दै जाँदा कहि नभेटेको गुनासो एक पिडितले आफ्नो नाम नखुलाउँने शर्तमा हामीलाइ बताए ।

प्रसङ खेल र अड्कलवाजीको होईन प्रसङ हो दिनडाहदै खेलको नाममा । मौलाएको ठगी धन्दाको हो । फुटबल खेलको नाममा हौवाको भरमा रु एकसय र रु एक हजारको फर्म भराउदै लुट्ने प्रवृतिको हो । हामीले भेटेका ति पिडित त केवल प्रतिनिधी पात्र मात्र हुन खोज्दै जाने हो भने ति र त्यस्ता पिडितहरु थुप्रै भेटिन्छ । विशेष गरि राजधानीको हनुमानढोका, चिंकमुगल, मछेन्द्रबहाल, मरुटोल न्यूरोड, पाको लगायतका क्षेत्रमा यस्तो धन्दामा सरिक झुण्डहरु छयापछयापति भेटिने गरेको बताइन्छ ।

यसै क्रममा आजराति विश्वकप महासङग्रामको राउण्ड अफ सिक्सटिन’का दुई खेललाइ लिएर तयार पारिएको फर्म हामीलाईप्राप्त भएको छ । उक्त र्फममा महासङग्रामको पहिलो खेल अन्र्तगत नेदरल्याण्ड्स र मेक्सि वीच हुने खेललाई लिएर गरिएको अड्कलवाजी प्रस्तुत गरिएको छ ।
दिनदाहदै भनौ वा सम्साँझै खेलको नाममा मौलाउँदै आएको यो ठगीधन्दा रोक्ने कसले?  नत यस विषयमा प्रहरी प्रशाासन जागरुक छन नत स्थानीय भद्रभलादमीनै ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031