बुधबार, मंसिर २०, २०८०
Dashain

उपत्यकामा एक घर एक व्यक्ति स्वयम्सेवक रुपमा परिचालित हुँदै आ–आफ्नो टोल सरसफाइ अभियानमा सरिक हुँदै

राष्ट्रव्यापी सरसफाइ अभियान:

kmc
(फोटो :गोपाल घिमिरे)

काठमाडौं ज्येष्ठ २१, सफा गाउँ सफा सहर, सबै नेपालीको एउटै रहर भन्ने मूल नाराका साथ सरकारले आज पानी दिवस अर्थाथ सिठीनखःको अवसर पारेर काठमाडौँ उपत्यकामा राष्ट्रव्यापी सरसफाइ अभियान अन्र्तगत सरसफाई कार्यक्रमको आयोजन गर्दैछ। यसअघि गत ज्येष्ठ ९ गतेका दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले स्वस्थ व्यक्ति मुलुकको सम्पत्ति भन्ने कुरालाई आत्मसात् गर्दै स्वच्छ र सफा नेपाल निर्माण गर्ने महाअभियानलाई अगाडि बढाउन सो अपिल गर्नुभएको थियो । यसैक्रममा आज काठमाडौँ उपत्यकामा एक घर एक व्यक्ति स्वयम्सेवक रुपमा’ आ–आफ्नो टोलबाट राष्ट्रव्यापी रुपमा सरसफाइ अभियानमा जुटिरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।

सहरी विकास मन्त्रालयको नेतृत्व तथा समन्वयमा आज उपत्यकाभित्र जारी राष्ट्रव्यापी सरसफाइ अभियानमा मठमन्दिर, विद्यालय, पार्क, चौर, कार्यालय, बाटोघाटो, नदीनाला सफा गरेपछि स्थानीयस्तरमा स्वयम्सेवक समिति बनाई त्यसमार्फत स्थानीय समुदाय परिचालित भएका छन । त्यस्तै सरसफाइ अभियानमा निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, स्थानीय उद्योग वाणिज्य सङ्घ, गैरसरकारी संस्था, स्थानीय क्लबलगायतलाई सहभागिता रहेको छ। उपत्यका बाहिर उक्त अभियान भोलि ज्येष्ठ २२ गते विश्व वातावरण दिवसका दिन नेतृत्व जिल्ला, नगर र गाउँमा खानेपानी, सरसफाइ तथा स्वच्छता हेर्ने समन्वय समितिका संयोजक, स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत र गाविसका सचिवको समन्व्यमा सञ्चालन गरिने बताएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031