बुधबार, असार २२, २०७९

उपत्यकामा आज कुमारषष्ठी अर्थात् सिठीपर्व मनाईदै

मुनीन्द्ररत्न वज्राचार्य/ काठमाडौं ज्येष्ठ २१, नेपाली समाजमा प्रचलनमा रहेका हरेक चाडपर्वको आफ्नै विशेषता छ । यिनै चाडपर्वले जातीय गौरव र राष्ट्रिय स्वाभिमानको रक्षा गरेको हुन्छ । यहाँ हिन्दू वा बौद्ध सबै जातिले मनाउने एक पर्व हो कुमारषष्ठी सिठीपर्व । बर्सेनि ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनलाई कुमारषष्ठी वा सिठीपर्व भनी मनाइने गरिन्छ । नेवारहरू भने यसलाई सिठीनख भन्ने गर्दछन् । यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन् । कुमारषष्ठी पर्व कहिलेदेखि सुरु भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमा यसरी उल्लेख गरेको पाइन्छ (पौराणिक ग्रन्थमा ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न IMG_9501sjh_Road photography_kumar nhawan jaisidewal_20711थालिएको हो । तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिठी देवताको नामले पूजा गर्ने गर्छन् । कुमार वा कार्तिकेयलाई अमरकोशको प्रथमकाण्डम्, स्वर्गवर्गमा १७ विभिन्न नामले सम्बोधन गरिएको छ जस्तो स्कन्द, महासेना, कार्तिकेय, विशाख, गुह, शिखिवाह, षन्मुख, षडानन, अग्निसुत, गङ्गासुत, पार्वतीसुत, शक्तिधर, क्रौञ्चधर, सेनापति, बालस्वामी, षान्मातुर तथा सुमित्र आदि । यी कुमारको लक्षणमा छ मुख भई चारबाहु, शिरमा मुकुट लाएको, रक्ताम्बरधारी, मयूरवाहन, सर्वभूषण रहेको छ । यस्तै यिनको दायाँ बाँया बाहुमा कुक्कट र घण्टा दायाँ बाहुमा वैजयन्ती र शक्ति रहेको छ ।

हिन्दू पाञ्चायन देवमण्डलमा कुमारलाई त्यति महत्त्वपूर्ण स्थान नमिले पनि नेपालमा भने प्राचीनकालदेखि नै यिनको मान्यता अलग्ग छ । हिन्दूहरूले आआफ्नो मूल ढोकामा कुमार लेख्ने परम्परा छ भने बौद्धमार्गीहरूले पनि ढोकामा क्षेत्रपालको रूपमा लेख्ने गरेको पाइन्छ । त्यस्तै कार्तिक पूणिर्माको भोलिपल्ट परेवाका दिन पशुपतिमा कार्तिकेय कुमारको दर्शन गर्न जान्छन् । अर्को प्रचलनमा यहाँ घर मन्दिरहरको निर्माण गर्दा दुष्टात्माहरूको प्रवेश हुन नपाओस् भन्नका लागि छानामा मयूराकृति कुँपा राख्ने चलन मध्यकालदेखि आजसम्म पनि रहेको छ । अहिले पनि प्रताप मल्लद्वारा निर्मित काठमाडौंको हनुमानढोकाका तीनतले मन्दिरमा ती कुँपा अझै देख्न सकिन्छ । यहाँ कुमार कार्तिकेयको अलग्गै मन्दिर नभेटिए पनि हाल यसको मूर्ति कुनै देवालय तथा सार्वजनिक धारा निकट थुप्रै देख्न सकिन्छ ।

लिच्छविकालीन नेपालमा बनेका दरबारमा कुमारषष्ठी देवताको मन्दिर रहेको कुरा हाँडीगाउँको अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यसबाट थाहा हुन्छ लिच्छविकालदेखि नै नेपालमा सिठी देवताको पूजा गर्ने चलन रहेको छ । यहाँ पाइने कुमार सिठी देवताको मूर्ति गरुडपरीनारायण झैँ मयूरमाथि टुक्रुक्क बसेको मूर्ति भक्तपुरको तिलमाधव मन्दिरमा पाइन्छ । त्यस्तै काठमाडौंको नगरपालिका भवन अगाडि मयूरमाथि बसेको कुमारको मूर्ति पाइएको छ । साँखुमा पनि एक मूर्तिमा कार्तिकेय कुमारको मूर्ति रहेको उल्लेख छ । विशेषतः जात्रा नै चलाउने सिठी देवता कुमारको मूर्ति काठमाडौंको जैसीदेवलस्थित न्हूद्यः भन्ने स्थानमा छ । सो काठको कुमार मूर्तिलाई जात्राका लागि तयार गरिन्छ । सर्वप्रथम ज्येष्ठ शुक्ल तृतीयाका दिन न्हूघःस्थित डबलीमा राखिन्छ । अनि यसलाई टेकुबाट ल्याइएको पवित्र जल तामाको घडाबाट स्नान गराइन्छ । यसपछि पाटनबाट आएका नेमकूल अर्थात् नेकूबाट लँपुछाय्गु भनी रङरोगन लगाइन्छ । अनि षष्ठीका दिन विशेष पूजाआजा गरी विशेष विधि पुर्‍याउने गरिन्छ । भोलिपल्ट सप्तमीका दिन कुमार सिठी देवतालाई खटमा राखी जात्रा चलाउन सहर परिक्रमा गराइन्छ । स्थानीय बासिन्दा यसदिन विशेषतः गेडागुडीको बारा वः चढाउँछन् । साथै यहाँका बासिन्दाले आफन्तहरू बोलाएर रमाइलो गरी भोज गर्ने चलन छ । जात्राका दिन बलम्बुका मानिसहरू बाजा बजाउन आउने गर्छन् । कोही कोही यो सिठी देवता बलम्बुबाट ल्याएको अनुमान गर्दछन् । बलम्बुबाट लिन आउँदा नगएको भन्ने पनि किंवदन्ती छ । सोे जात्रा चलाउन आयस्ताको अभावमा कुनै समयमा जात्रा रोकिने अवस्था आएको जात्रासँग सम्बन्धित गुठियारहरूको भनाइ छ ।

काठमाडौँ उपत्यकामा सिठीपर्वको मूल विशेषता भनेको नै यस पवित्र दिनमा घरघरमा बिहान सबेरै भुइँमा गोबरले लिपी सरसफाइ गरी छवटा कमलको फूलको पातमा ॐ लेखी कुमार सिठी देवताको आराधना गरी पूजा गरिन्छ । यसदिन विशेषतः विशेष छथरीका गेडागुडी मास, मुंगी केराउ अन्य गेडागुडीबाट बनाइएका रोटी बारा वः चढाउने गरिन्छ । परिवारका सदस्यहरू भेला भई यस दिन विशेष प्रसादस्वरूप बारा वः, चतामरी, समयबजि (मासु, भटमास, अदुवा, च्युरा) मीठो गरी खाइन्छ । भनिन्छ यस पर्वमा समय अनुसारको खाना खानाले किसानलाई लगत्तै आउन लागेको धान रोपाइँका लागि शक्ति प्राप्त हुन्छ । यस्तै यो समयमा गर्मी सुरु भई जताततै ढलहरू जाम भई फोहोर हुने, ढुङ्गेधारा, इनारहरू सुक्ने हुन्छ । त्यसैले यस दिन इनारहरू सफा गर्न गुठीको पनि व्यवस्था गरिएको हुन्छ । यस्तै मन्दिर, विहारहरूको जीर्णोद्धार, बाटोघाटो खन्ने जस्ता काम पनि गरिन्छ । यसका लागि खासगरी सिठीगुठीको नामले नै गुठीको स्थापना गरिएको हुन्छ । वषरत सुरु भएपछि निर्माणका काम र मर्मत कार्य गर्न नसकिने हुँदा यसैबेला सिध्याउने गरिन्छ । अचेल इनार, ढुङ्गेधारा सबै लोप हुन गएकाले यस्ता गुठी पनि मासिँदै गइसकेका छन् । काठमाडौं सहरका इनार सबै पुरिइसके । त्यस्तै एैतिहासिक पवित्र ढुङ्गेधारा, इनार नजिकै ठूलठूला भवन निर्माण गरिएकाले ढुङ्गेधाराबाट पानी आउन छाड्यो, इनार सुक्न थाले । त्यसैले अहिले सिठीपर्व जस्ता चाडपर्वको निकै आवश्यकता भएको छ । भनिन्छ, सिठी देवतालाई पूजा नगरेमा अर्को जुनीमा सुँगुर हुनुपर्ने कुरा मार्कण्डेय पुराणमा लेखिएको छ । यस्ता चाडपर्वको लोपले नै आज विभिन्न समस्या झेल्नुपरेको छ ।

सिठीपर्वको अर्को विशेषता यसदिन नेवारहरूमा कसैको दिवाली पूजाको निश्चित तिथि छैन भने यस दिन दिवाली पूजा गरिन्छ । आफ्ना इष्ट तथा कुलदेवतालाई पूजा गर्न कुनै निश्चित पीठ वा कुनै स्थानमा जाने गर्छन् । दिवालीमा सबै परिवारका सदस्य मिली कुलदेवतालाई बलि चढाई प्रसाद ग्रहण गरिन्छ । दिवाली पनि ठूलो चाड जस्तै हो । यो अक्षय तृतीयादेखि सुरु भई सिठीपर्वसम्म मनाउने गरिन्छ । त्यसैले कुमार षष्ठीका दिनलाई विशेष रूपले सम्झने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031