आइतवार, मंसिर १७, २०८०
Dashain

उपत्यकाका सभासद्द्वारा प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण

काठमाडौँ अषाढ १, काठमाडौँ उपत्यकाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी स्थानीय समस्या र उक्त समस्याको समाधानका लागि  आवश्यक कदम चाल्न ध्यानाकर्षण गराउनुभएको छ ।

savashed logoकानुन, न्याय मन्त्री एवम् सभासद् नरहरि आचार्य, सभासद्हरु नारायणमान बिजुक्छे, गगन थापा, भीमसेनदास प्रधान, रामेश्वर फुयाँल, रामवीर मानन्धर, रामेश्वर ढुङ्गेल, ध्यानगोबिन्द रञ्जित, प्रेम सुवाल सहितको टोलीले सभासद्हरुले प्रम काइरालालाइ मुख्यत उपत्यकामा विद्यमान खानेपानीको समस्या,फोहर व्यवस्थापन, यातायात लगायतका प्रसङगमा यहाँका जनताले भोग्नु परिरहेको वेथितीको समस्या जानकारी गराएका थिए ।

त्यस अवसरमा  प्रम कोइरालाले उक्त समस्यालाई गम्भीर रुपमा लिई समाधानका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग छिट्टै छलफल गरी अघि बढ्ने उपत्यकाका सभासदहरुलाई विश्वास दिलाउनुभएको टोलीमा सहभागी सभासद् भीमसेनदास प्रधानले जानकारी दिनुभइको छ ।