काठमाडौँ आषाढ १२, नेपाली काँग्रेसले इराकमा कार्यरत नेपाली कामदार असुरक्षित भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यथाशीघ्र उद्धारका लागि सरकारसँग आग्रह गरेको छ । काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा द्वन्द्वग्रस्त इराकको दक्षिणी सहर बास्रास्थित एटिके कन्स्ट्रक्सन कम्पनीलगायत अन्य सहरका विभिन्न कम्पनीमा कार्यरत दर्जनौँ नेपाली असुरक्षित रहेको भन्दै उनिहरुलाई तत्काल स्वदेश फर्काउर्ने तर्फपहल गर्न माग गरेको हो ।
त्यस्तै विज्ञप्तिमा विदेशी मित्रराष्ट्रहरू, मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्घसंस्था, आप्रवाससम्बन्धी सङ्गठन, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबैमा ईराकमा रहेका नेपालीको जीवन रक्षाका साथै स्वदेश फर्किने व्यवस्था मिलाइदिनका लागि समेत जोडदार माग गरेको छ ।