बिहिबार, अशोज ४, २०८०

इन्टरनेट डोमेन नाम र नम्बरको व्यवस्थापन अब आइक्यानले गर्ने

काठमाडाँ आषाढ १२, हाल प्रयोग भइरहेको इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ । सञ्चार र इन्टरनेटसम्बन्धी आइक्यानको संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएका सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले त्रिभुवन Dr-Minendra-Rijal-NC-Congressअन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो जानकारी गराउनुभएको हो ।

हालसम्म इन्टरनेटको डोमेन नाम र नम्बर दर्ताको व्यवस्थापन संयुक्त राज्य अमेरिकाको सरकारले गर्दै आएको थियो । आइक्यानले इन्टरनेटको डोमेन व्यवस्थापनको सम्पूर्ण कार्य गरिनसकेको सङ्क्रमणकालीन अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सम्मेलन आयोजना गरिएको नेपालको प्रतिनिधिका रूपमा भाग लिनुभएका मन्त्री डा. रिजालले बताउनुभयो ।

सम्मेलनका क्रममा संयुक्त अधिराज्यमा रहँदा मन्त्री डा. रिजालले सन् २०१६ मा नेपाल–बेलायतको दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुग्ने अवसरमा त्यहाँका400px-DNS_in_the_real_world.svg प्रतिनिधिहरूसँग कुराकानी भएको जानकारी गराउनुभयो ।  उहाँले भन्नुभयो – “नेपालको विकासमा ठूलो सहयोग गर्ने बेलायती सरकार र डिएफआइडीका प्रतिनिधि एवम् नेपाल–बेलायतको दौत्य सम्बन्ध दुई सय वर्ष पुग्न लागेको अवसरमा नेपालमा आउने बेलायती संसद्हरूको टोलीसँग दुईपक्षीय हितका बारेमा कुराकानी भयो ।

सञ्चारकर्मीको एक फरक जिज्ञासामा मन्त्री डा. रिजालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रधानमन्त्री आउन नसक्दाका अवस्थामा उहाँकै अनुमतिमा निर्धारित समयमै आउने र त्यसमा सत्ता साझेदार दलहरूबीच कुनै विवाद नरहने विश्वास दिलाउनुभयो । सम्मेलनमा भाग लिन मन्त्री डा. रिजाल शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस