शनिबार, अशोज १३, २०८०

आषाढ महिनाभित्रै २६ सभासदको मनोनयन र राजदूत नियुक्ति : कार्यवाहक प्र.म गौतम

काठमाडौ आषाढ १३, नेपाल सरकार कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले आगामी असार १५ गते बस्ने मन्त्रिपरिषद् बैठकबाट विधानसभामा मनोनित हुने २६ सभासद् र विभिन्न मुलुकका लागि नियुक्त हुने राजदूतका विषयमा नितिगत निर्णय गर्दै सहित आषाढ महिनाभित्रै २६ सभासदको bamdaveमनोनयन र राजदूत नियुक्ति टुंग्याउने बताएका छन् । यसको लागि राजनीतिक दलहरुलाई पत्र काटेर नाम पठाउन आग्रह गर्ने तयारीमा सरकारले कार्यारम्भ गरिसकेको बताउँनु भयो ।

राजधानीमा रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै कावा प्रम गौतमले प्रधानमन्त्री सुशील कोईराला अहिले उपचारको क्रममा अमेरिकामा रहनुभएकाले उहाँ नेपाल आउन अझै केही हप्ता समय लाग्ने बताउँदै आफूले महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्रीकै सल्लाहमा गर्न लागेको भन्दै आइतवार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र आगामी असार २६ देखि २७ गतेभित्रमा बजेट ल्याउने अन्तिम तयारी भईरहेको पनि बताउनु भएको छ ।