शुक्रबार, अशोज ५, २०८०

आज पनि बस्न सकेन संसद् बैठक

काठमाडौँ ज्येष्ठ २१, व्यवस्थापिका–संसद्को आजको बैठक पनि सुरुभए लगत्तै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलको अवरोधका कारण अवरुद्ध bicc 1 (1)भएको छ । यसरी संसद्को बैठक नियमित कार्य सूचीमा प्रवेसनै नगरी अवरुद्ध भएको यो चौथौं पटक हो ।

विगत केही दिनयता लगातार अवरुद्ध हुँदै आएको संसदको बैठकमा आज पनि अपराह्न ५:२५ बजे प्रारम्भ हुनेबित्तिकै एमाओवादीका सभासद अग्नि सापकोटाले व्यवस्थापिका संसदको अवरोध खोल्न सरकारले कुनै पहल नगरेको आरोप लगाउँदै सभासद सापकोटाले प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमण जानुअघि पनि संसद चलाउन गम्भीर नभएकोमा आपत्ती समेत प्रकट गर्नु गर्दै यस्तो घटनाले राष्ट्रकै बेइज्जत हुने बताउँनु भएको थियो ।

त्यस्तैउहाँले  सरकारले देखाएको बजेट रकमान्तरको आतंक प्रहरी अधिकारीको बढुवा आतंक लगायतका वेथितीलाई प्रोत्साहित गर्दै सरकारले जारी सदनको अवरोध खुलाउन पहल नगरेको भन्दै सरकारको यो लाचारीले सिङ्गो सदन र देशकै बेइज्जत भइरहेकाले सदनको कारबाही अघि नबढाउन आग्रह गर्नुभएपछि विपक्षी दलका सभासद्हरूले उठेर विरोध जनाएका थिए ।त्यसपछि सभामुख सुवास नेम्वाङले सरकार र विपक्षी दुबैलाई गम्भीर रुपमा छलफलगरि सदनको अवरोध खुलाउन रुलिङ गर्दै ज्येष्ठ २५ गते आइतबार ५ बजेसम्मका लागि संसदको बैठक स्थगित भएको घोषणा गर्नु भएको थियो ।