आइतवार, जेष्ठ १४, २०८०

अवरुद्ध संसद चालु गराउँन सरकार र विपक्षी दलहरूबीच भएको छलफल निष्कर्ष विहीन

  काठमाडौँ ज्येष्ठ १८,व्यवस्थापिका–संसद्को अवरोध खुलाउने विषयमा सरकार र विपक्षी दलहरूबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । caसंविधानसभा भवन नयाँ बानेश्वरमा आज पटकपटक भएको छलफलमा नेपाली काँग्रेसले प्रमुख दलहरूबीच विगतमा भएको चार बुँदे सहमतिअनुसार आफूहरू अगाडि बढ्न तयार रहेको जनाएपनि एनेकपा माओवादीले आपत्ति जनाउँदै ठोस प्रस्ताव नआएसम्म कुनै पनि सहमति हुन नसक्ने भन्दै संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि तत्काल छानबिन समिति गठन गर्नुपर्ने, मन्त्रिपरिषद्ले मनोननयन गर्नुपर्ने २६ जना सभासद्को मनोनयन लगायतका प्रसंगमा सरकारको प्रष्ट धारणा माग गरेका छन ।

बैठकमा प्रधानमन्त्री कोइराला, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख सचेतक पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031