काठमाडौँ ज्येष्ठ २४, बिपी चिन्तन प्रतिष्ठानको आयोजनामा यही जेठ ३१ देखि असार १ गतेसम्म काठमाडौँमा आयोजन ागर्न लागेको प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा २५ देशका प्रतिनिधि सहभागी हुने भएका छन् ।
सम्मेलनको सम्बन्धमा जानकारी गराउने उद्देश्यले प्रतिष्ठानद्वारा राजधानीमा आयोजित पत्रकारसम्मेलनमा प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले विशेष सम्बोधन गर्नुको अलावा विभिन्न २५ देशका प्रतिनिधि सहभागी हुने बताउँनु भएको छ ।