बिहिबार, अशोज ४, २०८०

अख्तियारको चेतावनी पछि पर्यटन वोर्डको सेवा सुचारु

काठमाडौँ अषाढ ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विगत ५२ दिनदेखि अस्तव्यस्त रहदै आएको पर्यटन वोर्डमा आन्तरिक द्वन्द्का कारण धर्ना गरी बन्द रहदा सम्म मुकदर्शक भएर बस्नु, नेपाल पर्यटन वोर्ड जस्तो संवेदनशील क्षेत्रमा महिनौ दिनसम्म कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित रहनु र अन्य कर्मचारीहरुले पनि कार्यालयमा हाजिर गरि कामकाज नगरीकन तलब भत्ता लगायतका सुविधा लिईरहनु तर get_img (1)पर्यटन क्षेत्रमा विद्यमान बृहत्तर समस्या समाधानका विषयमा कुनै प्रयास सम्म गरेको नदेखिएकोले उपरोक्त विषयहरुलाई गम्भिरतापूर्वक लिई नेपाल पर्यटन बोर्डमा हाल भई रहेको क्रियाकलापलाई उपयुक्त उपाय अपनाई तीन दिनभित्र समस्या समाधान गरी वोर्डको कार्य सुचारु गर्ने गराउने व्यवस्था मिलाउन बुधबार सरकारलार्इ चेतावनी सहितको निर्देशन दिएपछि आजदेखि नेपाल पर्यटन बोर्डको सेवाकार्य सुचारु भएको छ ।

पर्यटन बोर्डको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदैतीन दिनभित्र समस्या समाधान गरी कार्य सुचारु गर्न आयोगले बुधवार चेतावनी सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि आजदेखि बोर्ड सञ्चालनमा आएको हो ।

यसैवीच पर्यटन बोर्डमा भएका अनियमितताको छानवीनको माग राख्दै आन्दोलनरत संयुक्त पर्यटन समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आफनो पाँच बुँदे माग पुरा भएको भन्दै आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनरत पक्षको माग अनुरुप पर्यटन बोर्डको आर्थिक गतिविधिको छानविन तथा संरचनागत सुधारका लागि मंत्रालयले व्यवसायीको प्रतिनिधित्व रहने गरी दुइ वटा छुटटछुटटै समिति यसअघिनै गठन गरिसकेको छ । पत्रकार सम्मेलनमा आन्दोलनरत संयुक्त पर्यटन समन्वय समितिले व्यवसायीको मागलाई सम्बोधन हुने गरी पर्यटन मन्त्रालयलाई अख्तियारले दिएको निर्देशन उत्साहप्रद रहनुको साथै यसबाट बोर्डको संरचनागत सुधार तथा अनियमितताको छानविनका लागि उचित वातावरण तयार हुने विश्वासका साथ आयोगको निर्देशनलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्ने जनाएको छ ।